विभागीय टिम त्रिभुवन आर्मी क्लबले एनभीए महिला तथा पुरुष च्याम्पियनसिपको महिला तर्फ विजयी अभियानको सुरुवात गरेको छ। शुक्रबार त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको खेलमा आर्मीले एभरेष्ट भलिबल क्लबलाई सोझो ३–० ले पराजित गर्न सफल भयो।
आर्मीले पहिलो सेटमा २५–१६, दोस्रो सेटमा २५–१४ र तेस्रो सेटमा २५–२३ को नतिजा निकाल्दै तीनै सेट आफ्नो पक्षमा पार्यो।
यो जितसहित आर्मी क्लबले पहिलो तीन अंक जोडेको छ।
यसअघि भएको प्रतियोगिताको पहिलो खेलमा साविक विजेता नेपाल पुलिस क्लबले पनि विजयी सुरुवात गरेको छ।
पुलिसले सुदूरपश्चिम प्रदेशलाई पनि सोझो ३–० ले पराजित गर्यो।
पुलिसले २५–१०, २५–६ र २५–११ को सेट नतिजा सहित जित दर्ता गरेको हो।
यस जितपछि समूह ‘बी’ मा रहेको पुलिसले पनि पहिलो तीन अंक जोडेको छ। प्रतियोगितामा प्रहरी, आर्मी र एपीएफसहित न्यु डायमण्ड युथ स्पोर्ट्स क्लब, एभरेष्ट क्लब, चुली युवा क्लब (कर्णाली), सुदूरपश्चिम प्रदेश खेलकुद परिषद् र मधेस प्रदेश खेलकुद परिषद्को सहभागिता छ।


