Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

इजरायलका आन्तरिक सुरक्षा तथा गुप्तचर निकायका प्रमुख रोनेन बर्खास्त

इजरायलका आन्तरिक सुरक्षा तथा गुप्तचर निकायका प्रमुख रोनेन बार बर्खास्त हुनुभएको छ । प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले सन् २०२३ को अक्टोबर ७ मा हमास लडाकु समूहले गरेको आक्रमणको पूर्वानुमान गर्न असफल भएको भन्दै आन्तरिक सुरक्षा तथा गुप्तचर निकाय ‘शिन बेट’ का प्रमुख रोनेनलाई पदमुक्त गर्नुभएको बीबीसीले जनाएको छ ।

पछिल्लो मन्त्रिपरिषद्को बैठकले उहाँलाई हटाउने औपचारिक निर्णय गरेको हो । ‘शिन बेट’ इजरायलको आन्तरिक गुप्तचर निकाय हो । यो निकायले युद्धमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ । सन् २०२३ को अक्टोबरमा हमासले गरेको आक्रमणको विषयमा प्रधानमन्त्री नेतन्याहू र रोनेनबीच गम्भीर मतभेद थियो ।

रोनेन सन् २०२१ को अक्टोबरमा पाँच वर्षका लागि शिन बेट प्रमुखमा नियुक्त हुनुभएको थियो । रोनेनले आफूलाई पदमुक्त गर्ने निर्णय ‘राजनीतिक पूर्वाग्रहबाट प्रेरित’ रहेको प्रतिक्रिया दिनुभएको छ । गएको मङ्गलवारदेखि इजरायलले प्यालेस्टाइनमा रहेको ठानिएका हमासका निसानामा चरणबद्ध आक्रमण गरिरहेको छ । यो कदमले दुई महिनादेखि चल्दै आएको युद्धविराम भङ्ग भएको छ ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्