Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

इरानमा अमेरिकाले गरेको आक्रमणले पूर्णरुपमा नष्ट नगरेको अमेरिकी गुप्तचरको मूल्याङ्कन : ट्रम्पको असन्तुष्टि

अमेरिकाले गरेको आक्रमणमा इरानको आणविक केन्द्रहरू नष्ट नभएको इरानी अधिकारीहरुले बताएका छन् ।

आणविक केन्द्रमा भएको आक्रमणले केही भौतिक क्षति गरे पनि पूर्णरुपमा नष्ट गर्न नसकेको गुप्तचर निकायले गरेको अनुसन्धानले देखाएको छ ।

बीबीसीका अनुसार पेन्टागनको रक्षा गुप्तचर एजेन्सीले गरेको प्रारम्भिक क्षति मूल्याङ्कनको विवरणले अमेरिकी आक्रमणका कारण इरानको विकास महिनौंअघि धकेलिएको निस्कर्ष निकालेको छ । तर अमेरिकाले यो मूल्याङ्कन पूर्ण रूपमा गलत भएको र राष्ट्रपति ट्रम्पलाई अपमान गर्ने स्पष्ट प्रयास भएको बताएको छ ।

यसअघि अमेरिका र इजरायलले इरानका प्रमुख आणविक स्थलहरू अराक, नताञ्ज र इस्फहानमा ध्वस्त पारेको र फोर्दोमा रहेको भूमिगत प्रशोधन केन्द्रलाई नष्ट गरेको दाबी गरेका थिए ।

यसैबीच, इजरायल र इरानबीच भएको युद्धविराम दुवै देशले स्वीकार गरेका छन् । तर इजरायलले इरानमाथिको आक्रमण रोकेको छैन ।

इरान आक्रमणबाट पछि हट्नु इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आफ्नो देशको लागि ऐतिहासिक विजय भएको दाबी गर्नुभएको छ भने इरानका राष्ट्रपतिले मासाउद पेजेस्खिनले इरानका नागरिकको पहलमा १२–दिने युद्धको अन्त्य गर्न सफल भएको प्रतिक्रिया दिनुभएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलले युद्ध विराम उल्लङ्घन गरेको भन्दै रुष्ट हुनुभएको खबरमा उल्लेख छ ।

 

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्