काठमाडौं, १७ भदौ । स्विडिस स्ट्राइकर अलेक्जान्डर इसाक १२५ मिलियन पाउन्डमा न्यूक्यासलबाट लिभरपुल पुगेका छन्। योसँगै उनी ब्रिटिस फुटबल इतिहासमै सबैभन्दा महँगो खेलाडी बनेका छन्।
२५ वर्षीय इसाकले गत सिजन प्रिमियर लिगमा २३ गोल गरेका थिए। तर, क्लबले लिभरपुलमा जान दिने वाचा तोडेको भन्दै उनी असन्तुष्ट बनेका थिए। अन्ततः स्थानान्तरण विन्डो बन्द भएपछि सम्झौता घोषणा गरिएको हो।
यसअघि लिभरपुलले ११० मिलियन पाउन्ड प्रस्ताव गरेको थियो, जुन न्यूक्यासलले अस्वीकार गरेको थियो। तर, दोस्रो प्रस्ताव स्वीकृत भएपछि उनी लिभरपुल आएका हुन्।
यस ट्रान्सफरले फ्लोरियन विर्ट्ज ९११६ मिलियन पाउन्ड० र मोइसेस काइसिडो ९११५ मिलियन पाउन्ड० को रकमलाई उछिन्दै ब्रिटिस रेकर्ड कायम गरेको छ।
लिभरपुलले यसै समरमा करिब ५७० मिलियन डलर खर्च गरी फ्लोरियन, हुगो एकिटिके, जेरिमी फ्रिमपोन्गलगायतका खेलाडी भित्र्याएको छ।


