Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

एक दिनमा कति पटक मुख धुनु राम्रो मानिन्छ?

काठमाडौँ । मौसम परिवर्तन हुँदा हामीले विभिन्न समस्याको सामना गर्नुपर्ने हुन्छ । खासगरी बर्सातको मौसममा आर्द्रताका कारण धेरैका अनुहारमा डन्डीफोर जस्तो समस्या आउँछ ।

यी समस्या हटाउन हामी बजारमा उपलब्ध छालाका हेरचाह गर्ने उत्पादनहरू प्रयोग गर्छौँ । तर यसले पनि खासै प्रभाव देखाउँदैन । महँगो ब्युटी प्रोडक्ट प्रयोग गरे पनि अनुहारका समस्या हट्दैनन् वा झन् बढेर आउँछन् ।

यस्तो अवस्थामा एउटा कुरामा ध्यान दिनुपर्छ । त्यो के भने आफ्नो छालाको प्रकार अनुसार अनुहार धुने । आफ्नो अनुहार सधैँ सुन्दर देखियोस् भन्ने चाहनुहुन्छ भने छालाको प्रकार अनुसारले अनुहार धुनुपर्छ । आजको यस लेखमा हामीहरू कुन छाला भएका व्यक्तिले दिनमा कतिपटक अनुहार धुनुपर्छ भन्ने बारेमा बताउन गइरहेका छौँ ।

तैलीय छाला
तैलीय छाला भएका मानिसहरूले वर्षाको मौसममा धेरै समस्याहरू भोग्छन् । यतिबेला मौसम आद्र्र हुन्छ । यस्तो अवस्थामा तैलीय छाला भएका व्यक्तिले हरेक अवस्थामा दिनमा २–३ पटक अनुहार धुनुपर्छ । अनुहारमा धेरै तेलले डन्डीफोर र मसिना बिबिरा निम्त्याउन सक्छ । यस्तो अवस्थामा दिनमा कम्तीमा तीनपटक अनुहार धुनुस् ।

सुख्खा छाला

छाला सुख्खा छ भने तपाइँले  दिनमा १–२ पटक अनुहार धुनुपर्छ । छाला बढी नै सुख्खा भएकाहरूले दिनमा एक पटक मात्रै अनुहार धोऊ पनि पुग्छ । धेरै पटक धोइरहँदा अनुहारको छालाको मोइष्चर हराउँछ । अनुहार फोहोर भएको महसुस भएमा सुत्नुअघि एक पटक हल्का फेसवासले अनुहार धुन सकिन्छ ।

संवेदनशील छाला

कसै कसैको छाला एकदम संवेदनशील हुन्छन् । बारम्बार अनुहार धुँदा कयौँ प्रकारका समस्या निम्तने डर हुन्छ । यस्तो अवस्थामा संवेदनशील छाला भएकाहरूका लागि दिनमा एक पटक अनुहार धुनु नै पर्याप्त हुन्छ । तिनीहरूले आफ्नो अनुहार बिहान वा बेलुका बिना सुगन्धित क्लिन्जर प्रयोग गरेर धुन सक्छन् ।

सामान्य छाला

धेरै मानिसहरूको छाला सामान्य हुन्छ । यस्तो छाला मौसम अनुकूल हुन्छ । यस्ता व्यक्तिले दिनमा दुईपटक आफ्नो मुख धुनुपर्छ । सामान्य छाला भएका मानिसहरूका लागि बिहान र बेलुका अनुहार धुनु नै पर्याप्त हुन्छ । यसैबाट उनीहरूको छालामा चमक आउँछ ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्