Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

एन्फा कार्यवाहक अध्यक्ष वीरबहादुर खड्काले महासचिव किरण राईलाई निलम्बन गर्दै औपचारिक पत्र पठाएका छन्

अध्यक्ष पंकजबिक्रम नेम्बाङ साउदी अरेबियामा रहेका बेला वरिष्ठ उपाध्यक्ष खड्का आफू विधान अनुसार स्वतः कार्यवाहक अध्यक्ष बनेको दाबी गर्दै आएका छन्। उनले विधानले दिएको अधिकारअनुसार जिम्मेवारी सम्हालेको बताएका छन्।

तर नेम्बाङले खड्कालाई कार्यवाहक अध्यक्ष घोषणा गर्ने कुनै औपचारिक पत्र दिएका छैनन्।

यसअघि कार्यवाहक अध्यक्षको हैसियतमा खड्काले महासचिव राईलाई तीन दिनभित्र स्पष्टिकरण माग्दै पत्र काटेका थिए।

खड्काले पठाएको पत्रमा, “संघको म्याण्डेट र विधान विपरीत दीर्घकालीन असर पर्ने कार्य किन, कसको निर्देशनमा गर्नुभएको हो भन्ने विषयमा तीन दिनभित्र स्पष्टीकरण मागिएकोमा जवाफ नआएपछि आजदेखि अर्को कार्यसमिति बैठकसम्मका लागि महासचिव पदबाट निलम्बन गरिएको जानकारी गराउँछु। उक्त अवधिमा सहायक महासचिव दामोदर भट्टराईलाई कार्यवाहक महासचिव तोकिएको छ,” उल्लेख छ।

यसअघि पनि खड्काले ए डिभिजन लिग स्थगित गर्ने विषयमा महासचिव राईसँग स्पष्टिकरण मागेको थिए।

एन्फाको विधानअनुसार महासचिवको नियुक्ति तथा हटाउने अधिकार अध्यक्षसँग मात्र रहेको उल्लेख छ।

हाल अध्यक्ष नेम्बाङ र वरिष्ठ उपाध्यक्ष खड्काबीच मतभेद देखिएको छ। नेम्बाङको नेतृत्वको कार्यशैलीको खड्का खुलेर विरोध गर्दै आएका छन्। तर साढे तीन वर्षअघि सम्पन्न एन्फा निर्वाचनमा भने नेम्बाङ र खड्का एउटै प्यानलबाट विजयी भएका थिए।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्