Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

एसीसी यू–१९ एसिया कपः नेपालले जित्यो टस, श्रीलंकालाई दियो ब्याटिङको निम्तो

काठमाडौं । एसीसी यू-१९ एसिया कप क्रिकेटअन्तर्गत आज नेपालले श्रीलंकासँगको खेलमा टस जितेको छ । टस जितेर फिल्डिङको निर्णय लिँदै नेपालले श्रीलंकालाई ब्याटिङको निम्तो दिएको छ ।

१४-२३ मंसिरसम्म हुने एसिया कपमा नेपाल समूह ‘बी’ मा छ । नेपालको समूहमा अफगानिस्तान, बङ्गलादेश र श्रीलंका छन् । आज श्रीलंकाको सामना गरेको नेपालले दोस्रो खेल १६ मंसिरमा बंगलादेशसँग खेल्नेछ भने तेस्रो खेल १८ मंसिरमा अफगानिस्तानसँग खेल्ने छ ।

पाली टोलीको कप्तानमा हेमन्त धामी र उपकप्तानको अर्जुन कुमालले छन् । त्यस्तै टिममा आकाश त्रिपाठी, उत्तम थापा, मयन यादव, नरेन साउद र युनिस विक्रम सिंह ठकुरी रहेका छन् । नरेन भट्ट, सन्तोष यादव, युवराज खत्री, रोशन विश्वकर्मा, विपिन कुमार महतो, अपराजित पौडेल, अविषेक तिवारी र रन्जित कुमार टिममा रहेका छन् ।

शक्ति गौचन टिमको मुख्य प्रशिक्षक रहेका छन् भने धिरेन्द्र चन्द सहायक प्रशिक्षक रहेका छन् । मुख्य प्रशिक्षकमा गौचनले नेपाली टोलीले प्रतियोगितामा उत्कृष्ट खेल प्रदर्शन गर्ने विश्वास व्यक्त गरेका छन् ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्