Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

कर्णाली सरकारमा कांग्रेसका चार मन्त्रीले लिए शपथ

सुर्खेत । कर्णाली प्रदेशका नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन्। नेपाली कांग्रेसको तर्फबाट सिफारिस भएका चारजना मन्त्रीले आज आइतबार प्रदेश प्रमुख यज्ञराज जोशीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन्।

कांग्रेसबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा राजीवविक्रम शाह, सामाजिक विकास मन्त्रीमा घनश्याम भण्डारी, जलस्रोत तथा ऊर्जा मन्त्रीमा विजया बुढा र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा सुरेश अधिकारी मन्त्री बनेका छन्।

८ सदस्यीय मन्त्रिपरिषद्‌मा मुख्यमन्त्रीसहित तीन मन्त्रालय एमाले र चार मन्त्रालय कांग्रेसको भागमा परेको छ। कांग्रेस सरकारमा सहभागी भएसँगै मुख्यमन्त्री कँडेलले सोमबार संसद्‌बाट विश्वासको मत लिने भएका छन्। केन्द्रमा कांग्रेस-एमालेको गठबन्धन सरकार बनेसँगै प्रदेशमा पनि सोही गठबन्धनको सरकार बनेको हो।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्