Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

कांग्रेसभित्र खट्किएको विवाद समाधानका लागि बालुवाटारमा चार घण्टादेखि वार्ता

नेपाली कांग्रेसको आन्तरिक विवाद मिलाउन विशेष महाधिवेशन पक्षधर र पार्टी सभापति शेरबहादुर देउवा पक्षबीच बालुवाटारमा चार घण्टा लामो वार्ता जारी रहेको छ।

विशेष महाधिवेशन पक्षधर नेता प्रदीप पौडेलकाअनुसार वार्ता निरन्तर भइरहेको छ । पौडेलले रातोपाटीसँग भने, “दुवै तर्फबाट सहमति खोज्ने र समाधान निकाल्ने प्रयास हुँदैछ ।”

पार्टी विभाजनको सुरुवात देखिँदै गएपछि विवादको अन्त्यका लागि विशेष महाधिवेशन पक्षका महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा र देउवा पक्षले पनि छुट्टै वार्ता समिति गठन गरेका छन्।

महाधिवेशन पक्षबाट समिति सदस्य प्रदीप पौडेल, मधु आचार्य, गुरुराज घिमिरे र देवराज चालिसे वार्तामा सहभागी छन्।

यता देउवा–शेखर कोइराला पक्षबाट बालकृष्ण खाण, रमेश लेखक, सहमहामन्त्री जीवन परियार र मिनेन्द्र रिजाल वार्ता टोलीमा छन्।

सूत्रका अनुसार विशेष महाधिवेशन पक्षधरले राखेका मागहरू अस्वाभाविक भएकाले सहमति जुटाउन गाह्रो भइरहेको छ।

देउवा पक्षका एक नेताका अनुसार, “उहाँहरूले चुनाव टिकटमा पुर्णबहादुरको हस्ताक्षर अनिवार्य, खास सदस्यता पार्टीले लिनुपर्छ, गगन–विश्वप्रकाशको पुनरसंरचना प्रस्ताव स्वीकृत गर्नुपर्ने, ४० प्रतिशत भागबण्डा, र शेरबहादुर देउवा सभापति पदबाट हट्नुपर्ने सर्त उठाएका छन् । यी कुराहरूको कारण वार्ता लम्बिएको छ।”

देउवा पक्षले विशेष महाधिवेशन पक्षधरका सबै माग पूरा गर्न नसकिने ठहर गरेको छ।

देउवा पक्षका एक नेताले भने, “हामीले मिलेरै जानुपर्छ भनेका छौं, सबै स्थानान्तरण सम्भव छैन । सहमतिको लागि अन्तरदृष्टि र ‘गिभ एण्ड टेक’ आवश्यक छ।”

यसैबीच, भृकुटीमण्डपमा विशेष महाधिवेशनको दोस्रो दिनको बन्द सत्र चलिरहेको छ भने देउवा समूहले आज दिउँसो १ बजे केन्द्रीय कार्यसमिति बैठक डाकेको छ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्