Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

काठमाडौँ लगातार विश्वकै प्रदूषित सहर

काठमाडौँ । काठमाडौँ लगातार विश्वकै प्रदूषित सहर भएको छ । पछिल्लो समय वर्षा पनि हुन नसक्नु र मौसम पनि खुल्न नसक्दा वायू प्रदूषणले काठमाडौँ सहर अस्तव्यस्त भएको छ ।

तुवाँलोका कारण हवाई उडानसमेत सहज हुन सकेको छैन । मंगलबार बिहान काठमाडौँको एयर क्वालिटि इन्डेक्स एक्यूआई २६८ रहेको छ । यो भनेको निकै प्रदूषित हो ।

दोस्रो स्थानमा भारतको दिल्ली रहेको छ । दिल्लीको एक्यूआई २२८ रहेको छ । तेस्रो स्थानमा थाइल्याण्डको चियाङ माई रहेको छ । चौथोमा चीनको वुहान तथा पाँचौँमा पाकिस्तानको लाहोर रहेको छ ।

स्वास्थ्य प्रतिकूल
काठमाडौँको प्रदूषणले रोग निरन्तर बढिरहेको छ । स्वास्थ्यकर्मीहरुका अनुसार वायु प्रदूषणका कारण भाइरल बढिरहेको छ । रुघाखोकी बढिरहेको छ ।

त्यस्तै छालाको रोग हुने, आँखा चिलाउने लगायतका रोग पनि बढेको चिकित्सकहरु बताउँछन् । सकभर बाहिर ननिस्कन र निस्कनै परे मास्क लगाएर निस्कन पनि चिकित्सकहरुले आग्रह गरेका छन् ।  मौसमविद्हरु तत्काल काठमाडौँमा वर्षा हुने सम्भावना कम रहेको बताउँछन् ।  सरकारलेसमेत प्रदूषण कम गर्ने कुनै योजना बनाएको छैन ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्