Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

काठमाडौंमा १५ औं अन्तर्राष्ट्रिय फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपमा ८ सय ८८ पदकका लागि प्रतिस्पर्धा

आईओएफटीसी नेपालले आयोजना गर्ने १५ औं इन्टरनेसनल ओपन फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धीहरूले २२२ स्वर्ण, २२२ रजत र ४४४ कांस्य पदकका लागि प्रतिस्पर्धा गर्नेछन्।

दशरथ रंगशालास्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा आगामी शुक्रबार र शनिबार तय भएको यस प्रतियोगितामा ८ सय ८८ वटा पदक वितरण गरिने छ। कार्यक्रमको तयारी पूरा भएको आयोजकले जानकारी दिएको छ।

संस्थापक निर्देशक दिवाकर महर्जनका अनुसार फ्रेन्डसीप तेक्वान्दो च्याम्पियनसिपले २५ वर्षे यात्रा पूरा गरिसकेको छ। सन् २००० मा सुरु गरिएको प्रतियोगिता अहिले १५ औं संस्करणमा प्रवेश गर्दा यसको स्तर र पहुँच व्यापक बनेको उनले बताए।

अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले हरेक दुई वर्षमा यस्ता प्रतियोगिता गर्दै आएको छ। यसमा एक संस्करण अमेरिका र अर्को संस्करण अन्य देशमा आयोजना गर्ने परम्परा छ।

पोर्टल्यान्डमा पाँच पटक, नेपालमा चार पटक, भारत, बेलायत, हङकङ, अमेरिकाको मिचिगन र दक्षिण कोरियाको सोलमा एक-एक पटक प्रतियोगिता सम्पन्न भइसकेको छ। अन्तर्राष्ट्रिय संयोजक अशोक खड्काका अनुसार नेपालसहित दक्षिण कोरिया, अमेरिका, फिलिपिन्स, अस्ट्रेलिया, अष्ट्रिया, क्यानाडा, पाकिस्तान, भारत, हङकङ, चीन, मेक्सिको, माल्दिभ्स, बङ्गलादेशलगायत देशका खेलाडीहरू प्रतियोगितामा सहभागी हुनेछन्।

वल्ड तेक्वान्दोको नियमअनुसार सञ्चालन हुने प्रतियोगितामा क्यारुगी (फाइट) र पुम्से (फर्म) दुवै विधा समावेश छन्। सिनियर समूहमा पुरुष र महिलाको समान ८–८ तौल समूह, जुनियर तथा क्याडेट समूहमा १०–१० तौल समूह रहेको छ। पुम्से इभेन्टमा व्यक्तिगत, जोडी तथा टिम गरी तीन विधामा प्रतिस्पर्धा हुँदैछ। साथै, बोर्ड ब्रेकिङ इभेन्ट पनि समावेश गरिएको छ र यस विधामा पनि पदक प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी, प्रशिक्षक तथा रेफ्रीलाई नगद पुरस्कारसहित सम्मान गरिनेछ। कुल पुरस्कार राशि सात लाख २५ हजार रुपैयाँ रहेको छ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्