Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

काठमाण्डौ महानगरविरुद्धको बन्दीप्रत्यक्षीकरण रिट खारेज, उद्धार गरिएकी बालिकालाई महानगरले पढाउनुपर्ने

ठमाडौं, ३० असार । काठमाण्डौ महानगरपालिका, महानगरपालिकाका मेयर र उपमेयरलाई विपक्षी बनाएर सर्वोच्च अदालतमा दायर भएको बन्दीप्रत्यक्षीकरणको रिट खारेज भएको छ । न्यायाधीश सपना मल्ल प्रधान, डा।नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले शुक्रवार रिट खारेजी गर्दै महानगरपालिकाका नाममा परमादेश दिएको छ ।

परमादेशमा महानगरपालिकाको बाल उद्धार कार्यदलले गएको जेष्ठ १४ गते बालुवाटारको एक घरबाट उद्धार गरिएकी कक्षा ७ मा अध्ययनरत १४ वर्षिया बालिकालाई बालिग नभएसम्म शिक्षा दीक्षा, स्वास्थ्य सेवासहितको संरक्षण प्रदान गर्नुपर्ने उल्लेख भएको बाल कल्याण अधिकारी, शान्ता पहाडीले जानकारी दिनुभयो ।

योसँगै महानगरलाई बालबालिकाको संरक्षण र अधिकारका लागि काम गर्न सहज भएको छ । १४ बर्षकी बालिकाले आफूलाई काम गर्न राखेका व्यक्तिले श्रम शोषण र हिंसा गरेको जानकारी गराएपछि महानगरले उद्धार गरेको थियो । तर बालिका घर जान नमानेपछि उनका पिताले बन्दीप्रत्यक्षीकरण मुद्दाका दर्ता गरेका थिए । बालिकाले काठमाण्डौमै पढ्ने इच्छा राखेपछि अदालतले महानगरले पढाउनुपर्ने आदेश गरेको हो ।

महानगरपालिकाले २३ जना बालिका र २० जना बालक गरी ४३ जना बालबालिकालाई जोखिमबाट उद्धार गरेर विभिन्न छ वटा संरक्षण गृहमा संरक्षण दिएको जनाएको छ । यसरी उद्धार गरिएका बालबालिका घरेलु श्रमिक, होटल र होस्टल, यातायात क्षेत्रका बालबालिका हुन् ।

बाल संरक्षणका लागि महानगरपालिकाले अदालतमा चार वटा मुद्दा दायर गरेको छ । यसमध्ये तीन वटा बालिकामाथि भएका यौन हिंसा सम्बन्धित छन् । एउटा दास बनाउन नहुने र बालबालिकाविरुद्धको कसुरसँग सम्बन्धित छ । महानगरपालिकाले नातागोताबाहेक बालबालिका भएमा यस सम्बन्धी विवरण वडा कार्यालयमा बुझाउन सार्वजनिक सूचना जारी गरेको छ ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्