Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

कान्तिपुर सहकारीका सञ्चालकले नै लिएका थिए ३२ करोड बढी ऋण

काठमाडौं काठमाडौं मिनभवनको कान्तिपुर सेभिङ्स एन्ड क्रेडिट को–अपरेरिटभ लिमिटेडका ७ जना सञ्चालकले नै संस्थाबाट ३२ करोड बढी ऋण लिएको देखिएको छ ।

समस्याग्रस्त घोषणा गरिएको र अहिले संसदको विशेष छानबिन समितिको छानबिनमा परेको सो सहकारीका ७ जना सञ्चालकले संस्थाबाट ३२ करोड ४० लाख ८१ हजार ७०५ रुपैयाँ ऋण लिएको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनअनुसार सहकारीका अध्यक्ष हिमालय बिक्रम मल्ल ठकुरी, सचिव जोगलाल लामा, कोशाध्यक्ष प्रेमध्वज लामा, सदस्यहरू नारायणप्रसाद रिसाल, सानुकान्छा लामा, इन्दु थापा र देवराज पराजुलीले उक्त रकम लिएका थिए । संस्थाले ऋण लिएको एउटै व्यक्तिलाई पटक–पटक ऋण दिएको प्रतिवेदनमा उल्लेख छ ।

संस्थाले २६ नियम विपरित जनालाई ८९ पटकमा १ अर्ब ८० करोड ७३ लाख २० हजार ८३६ रुपैयाँ ऋण प्रदान गरेको थियो । त्यस्तै, एकै समूहका ९ जना विभिन्न कम्पनी तथा व्यक्तिहरूलाई ९२ करोड ९९ लाख ९४ हजार १६३ रुपैयाँ ऋण प्रदान गरेको छानबिन प्रतिवेदनमा उल्लेख छ ।

साथै सो संस्थाबाट ५० जना ऋणीहरूले कुल ऋणको ५७ प्रतिशत ऋण लिएको देखिएको छ । ती ऋणीहरूले सावाँ ब्याजसहित संस्थालाई बुझाउन ३ अर्ब ७४ करोड १३ लाख ३७ हजार ६५५ रुपैयाँ रहेको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । प्रवाह गरेको ऋणको लागि आवश्यक धितो नभेटिएकोले उक्त ऋण असुल गर्न सकिन्छ भन्न नसकिने समितिले प्रतिवेदनमा विश्लेषण गरेको छ ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्