Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

गणतन्त्रको पक्षमा समर्थन जुटाउन भन्दै वीरगन्जमा एमालेको शक्ति प्रदर्शन

वीरगंज, २० चैत्र । नेकपा एमालेले गणतन्त्रको पक्षमा समर्थन जुटाउनका लागि भन्दै वीरगन्जमा बुधबार शक्ति प्रदर्शन गरेको छ ।राजतन्त्रको विरोध र गणतन्त्रको पक्षमा एमालेले वीरगन्जमा बृहत मोटरसाइकल जुलुश निकालेर शक्ति प्रदर्शन गरेको हो ।

बुधबार दिउँसो वीरगन्जको पावरहाउस चोकबाट सुरु भएको एमालेको मोटरसाइकल जुलुश मुर्ली,घण्टाघर,रेल्वेरोड, छपकैया पुगेर त्यहाँबाट आदर्शनगर, घडिअर्वा हुदैं घण्टाघर चोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै नेकपा एमालेका केन्द्रिय सदस्य प्रभु हजराले पछिल्लो समय राजावादीहरु सल्बलाउन थालेकाले उनिहरुलाई खबरदारी गर्न एमालेले सडकमा आएर आफ्नो शक्ति देखाउनु परेको बताए ।

पहिले राजतन्त्र हुदाँ दरबारमा गएर पूर्वराजाको हड्डी चुस्न पल्किएका केहि मुठ्ठीभर तत्वहरु अहिले राजतन्त्र फर्काउन सल्बलाउन थालेको भन्दै उनले भने,‘ पूर्वराजालाई म चेतावनी दिन चाहन्छु , सावधान होउ । यदि उक्साहटमा परेर तिमीले धेरै चुर्पफुर गर्न थाल्यौ भने अब नेपाली जनताले तिमिलाई सडकमा ल्याएर भकुण्डो खेलाए जस्तै खेलाउनेछन् ।’
प्रतिनिधी सभा सदस्यसमेत रहेका हजराले नेपाली जनता गणतन्त्रको पक्षमा रहेकोले पूर्वराजा वा राजावादीहरुको भुलभुलैयामा नपर्ने दाबीपनि गरे ।

यस्तै कोणसभालाई सम्बोधन गर्दै एमाले केन्द्रिय कमिटी सल्लाहकार जालिम मियाँले पूर्वराजा वा राजवादीहरु समयमै सचेत नभए उनिहरुको हबिगत नराम्रो हुने चेतावनी दिए । मियाँले भने,‘अझपनि समय छ पूर्वराजा औकातमा बस । होइन भने नारायणहिटीबाट निर्मल निवासमा जनताले लखेटिसकेका छन् । अब फेरि त्यहाँबाट पनि अन्त लखेट्न दिन नआओस्।’

एमाले पर्साका अध्यक्ष डा. विश्वम्भर शर्माको अध्यक्षतामा भएको कोणसभालाई एमाले नेता एंव संविधानसभा सदस्य विचारी यादव लगायतकालेपनि सम्बोधन गरेको एमालेका जिल्ला सचिव महेश दासले जानकारी दिए ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्