Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकीकरणलाई ‘अत्यन्त पीडादायी’ भने

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राष्ट्रिय स्वतन्त्र पार्टीसँग गरिएको एकीकरण प्रक्रिया आफूका लागि निकै पीडादायी अनुभव भएको बताएका छन्।

मंगलबार आयोजित शुभकामना, चियापान तथा अन्तरक्रिया कार्यक्रममा घिसिङले हालै सम्पन्न एकीकरणमा भेटिएका भावनात्मक उतारचढावबारे चर्चा गरे।

घिसिङले उज्यालो नेपाल पार्टी घोषणा गरेको छोटो समयमै राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकृत प्रक्रिया तिव्र गतिमा अघि बढेको स्मरण गर्दै, ‘यो आकस्मिक एकता थियो, प्रक्रिया निकै पीडादायी भयो, १२ दिनसम्म तनावमै रहेँ,’ बताए।

उनका अनुसार जेनजी आन्दोलनपछि नयाँ शक्ति निर्माणको लक्ष्यसहित उज्यालो नेपाल पार्टीको घोषणा भएको एक महिना पनि नबित्दै राष्ट्रिय स्वतन्त्र पार्टीसँग एकीकरणका लागि छलफल थालिएको थियो।

‘कार्यक्षेत्रको एकता भन्दा पूर्ण एकीकरण आवश्यक ठान्यौं, लामो छलफलपछि मात्र सहमति बनाउन सकियो,’ उनले बताए।

घिसिङले पार्टीले समानुपातिक मतसमेत त्याग्दै आपसी सहकार्य र एकता रोजेको उल्लेख गर्दै, ‘हामीले विशेष माग गरेनौं, प्रधानमन्त्री र सभापति पदको सहमति मात्र राख्यौं,’ स्पष्ट पारे।

फरक चरणमा सदस्यहरुसँग समन्वय गर्नु परेकाले एकीकरण कठिन भएको उल्लेख गर्दै घिसिङले, सामान्य सदस्यबाटै प्रक्रिया सम्पन्न गर्न सफल भएकोमा सन्तुष्टि व्यक्त गरे।

सङ्लन भएका दुई दलको एकीकरणका कारण आगामी चुनाव तथा राजनीतिक गतिविधिमा नयाँ समीकरण निर्माण हुने अपेक्षा गरिएको छ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्