Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

चुनढुङ्गा उत्खननमा नगरको सिफारिस नक्कली

अर्घाखाँची, ६ चैत्र । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–९ ढिकुराको सान्डेभामा रहेको चुनढुङ्गा उत्खननका लागि नगरपालिकाले दिएको भनिएको सिफारिस पत्र नक्कली रहेको पाइएको छ । चुनढुङ्गाको उत्खनन अनुमति पत्रका लागि नगरपालिकाको लेटरप्याड, छाप र हस्ताक्षर चोरी गरेर काम भएको भूमिकास्थान नगरपालिकाका मेयर झविलाल थापाले दाबी गर्नुभएको छ ।

मेयर थापाले यो गम्भीर अपराध भएकोले आफूहरू कानुनी प्रक्रियामा जाने बताउनुभएको छ । गएको मङ्सिर ५ गते नगरपालिकाको लेटरप्याडमा मेयर थापाको हस्ताक्षरसहितको पत्र खानी तथा भूगर्भ विभागमा रहेको छ । विभागलाई नगरले सिफारिस गरी पठाएको पत्रमा चलानी नम्बर ५८५ छ ।

यस्तै नगरपालिकाको चलानी किताबमा ५८५ नम्बरमा सङ्घीय खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयलाई पठाएको पत्र छ । आफूहरूले खानी उत्खनन गर्न अनुमति दिनेगरी पत्र नपठाएको मेयर थापाको दाबी छ । २०७९ साल भदौ महिनाको १७ गते र असोज महिनाको १४ गते नगर कार्यपालिका बैठकले चुनढुङ्गा उत्खनन गर्न नदिने निर्णय गरेको देखिन्छ ।

कपिलवस्तुको कृष्णनगरमा रहेको विजया सिमेन्ट्सले २०८० फागुन १४ गते खानी तथा भूगर्भ विभागबाट चुनढुङ्गा उत्खननको अनुमति पत्र पाएको थियो । पटक–पटक प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गरेको कम्पनीले २०७९ साल पुस ७ गते भूमिकास्थान–९ का वडाध्यक्ष खेमराज चुँदालीको अध्यक्षतामा प्रभावित क्षेत्रमा सार्वजनिक सुनुवाइ कार्यक्रम गरेको थियो ।

पुस ८ गते वडा कार्यालयले काम गर्न मिल्ने गरी आशय पत्र दिएको थियो । नगरपालिकाको कार्यालयले गएको मङ्सिर ५ गते खानी तथा भूगर्भ विभागलाई आशय पत्र पठाएको देखिन्छ । तर मेयर थापाले यसमा किर्ते गरिएको आरोप लगाउनुभएको छ । विजया सिमेन्ट्सले पनि आफूहरू कानुनी बाटोमा जाने जनाएको छ । पालिकाभित्रको त्रुटिलाई आफ्नो कम्पनीमाथि थुपारिएको कम्पनीका प्रतिनिधि नवाफ अलीले बताउनुभयो ।

पत्र सक्कली हो या नक्कली नगरपालिकाले जान्ने कुरा भएको बताउँदै उहाँले आफू पनि कानुनी बाटोमा जाने बताउनुभयो । विजया सिमेन्ट्सले प्राप्त गरेको चुनढुङ्गा उत्खननको अनुमति पत्र पूर्णरूपमा खारेज गरी कार्यालयलाई जानकारी उपलब्ध गराउन खानी तथा भू–गर्भ विभागलाई पत्राचार भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द आचार्यले जानकारी दिनुभयो ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्