Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

जनआन्दोलन चर्किँदा सेना परिचालन वा राजनीतिक समाधान—ओलीलाई दुई विकल्प दिइएको खुलासा

जेन–जी आन्दोलन उत्कर्षमा पुगेका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई दुई महत्वपूर्ण विकल्प प्रस्तुत गरिएको खुलासा भएको छ। प्रधानसेनापति अशोक राज सिग्देलले आन्दोलनले उग्र रूप लिँदै जाँदा मानव क्षति रोक्न राजनीतिक समाधान खोज्ने, आवश्यक परे राजीनामासम्म जाने वा संवैधानिक प्रक्रियामार्फत नेपाल सेनालाई परिचालन गर्ने विकल्प राखिएको बताएका हुन्।

प्रधानमन्त्री निवासमा भएको उच्चस्तरीय छलफलका क्रममा उक्त प्रस्ताव गरिएको सिग्देलले स्पष्ट पारे। उनले नेपाल सेना स्वतन्त्र रूपमा परिचालित हुन नसक्ने र मन्त्रिपरिषद्को सिफारिस तथा राष्ट्रपतिबाट स्वीकृति पाएपछि मात्रै परिचालन हुने संवैधानिक व्यवस्था रहेको बताए।

साथै, खुफिया निकायहरूले आन्दोलन चर्किने संकेत केही दिन अगावै दिएको भए पनि समयमै राष्ट्रिय सुरक्षा परिषद्को बैठक नबस्दा रणनीतिक निर्णयमा ढिलाइ भएको उल्लेख गरिएको छ। यद्यपि, सेना देशभरका महत्वपूर्ण संरचनाको सुरक्षा गर्न सक्रिय रहँदै न्यूनतम क्षति हुने गरी संयमता अपनाएको बताइएको छ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्