दैनिक जीवनका क्षणहरूलाई हर्षले बिताउने सन्देश बोकेको पहिलो मुक्तकमा लेखकले हाँसोको महत्वलाई उजागर गरेका छन्। रोग र दुःखलाई बिर्सेर आजलाई रमाइलो बनाउने आग्रहसहित उमेरले खुसीको सीमा नलगाउने कुरा व्यक्त गरिएको छ।
दोस्रो मुक्तकमा अनुभव संकलनको यात्रा नै जीवन भएको उल्लेख छ। अरूलाई हँसाउन आफूले दुःख भोग्नु जीवनको सार बताइएको छ। जीवनले प्रत्येक पाइला फरक अर्थ ल्याउने र सधैं हतारमा झटारिने अवस्थालाई चित्रण गरिएको छ।
तेस्रो मुक्तकमा मानिसहरूको भावनात्मक विविधता देखाइएको छ। कोही रोइरहेका बेला अरू हाँसिरहेका हुन्छन् भने, सम्बन्ध टुट्दा पनि कसैले सम्बन्ध गाँसिरहेको हुन्छ। बाचाबन्धन तोडिएपनि स्मृतिहरूले मनमा गहिरो छाप छोडेको सन्देश छ।
चौथो मुक्तकमा सेता बादल, हिमाली सौन्दर्य र प्रेमको रहस्यलाई दार्शनिक शैलीमा प्रस्तुत गरिएको छ। तिमी जता जान्छौ, सबैलाई खुशी बनाउने बानी र हराउने चाहनालाई मार्मिक ढंगले व्यक्त गरिएको छ।
पाँचौं मुक्तकमा सम्बन्धको प्रकृति ऐना जस्तै भएको उल्लेख छ। सम्बन्धमा आफ्नै छवि देखिन्छ भने, खुलेर हेर्दा जीवनका उज्यालो पक्ष देखिन्छ। खुलेर प्रशंसा गर्दा शत्रु पनि मित्र बन्छ, तर स्वार्थका लागि गाँसिएको सम्बन्धमा मित्र पनि मतलबी देखिन्छ भन्ने सन्देश छ।
सातौं मुक्तकमा समयको दौड, मुटुमा लागेको चोट र षडयन्त्रको कथा सुनाइन्छ। भेट्न दौडिए पनि मुटुको पीडा मेट्न सकिंदैन। हातले सहयोग गरेजस्तो देखिए पनि खुट्टा तानी गिराउने प्रवृत्ति र षडयन्त्रले जीवनमा निरन्तर सघर्ष चलिरहन्छ।
आठौं मुक्तकमा आँसुका भावनात्मक पक्षलाई उठाइएको छ। आँसु झर्दा भुइँमा नझोस्, मुटु चिरा नपरोस् भन्ने आग्रह गरिएको छ। मन सिमलको भुवा जस्तै हलुका भएको र दिलमा चोट पारी अन्त सर्न नदिनु भन्ने भाव व्यक्त छ।
नवौं मुक्तकमा सम्बन्धका विविध रूपलाई प्रस्तुत गरिएको छ। कहिले गला परानी त कहिले सेरनी, कहिले कसम खाने त कहिले फेरनी हुने सम्बन्धको वास्तविकता चित्रण छ। घाटसम्म पुग्ने सम्बन्धमा कहिले मख्ख पार्ने त कहिले केरनी बन्ने कुरा उल्लेख छ।
अन्तिम मुक्तकमा जीवनको स्थायित्व र निरन्तरताको कामना गरिएको छ। ढुङ्गा जस्तै जमिरहोस्, खोला जस्तै बगिरहोस् भन्ने भावका साथ सुखदुःख सम्हाल्दै माया साँचेर मुटु चलिरहोस् भन्ने सकारात्मक सन्देश दिइएको छ।


