Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

झापामा रामकृष्ण ढकालको एकल सांगीतिक साँझ झुमाए दर्शक

काठमाडौं । गायन क्षेत्रमा लोकप्रिय रामकृष्ण ढकालको स्वरले शुक्रबार झापाको गौरादहमा एक यादगार सांगीतिक साँझ सिर्जना गर्‍यो । लाइन्स क्लब अफ गौरादहको तत्वावधानमा आयोजित यो कार्यक्रममा ढकालले नयाँ तथा पुराना गरी करिब दुई दर्जन गीत प्रस्तुत गर्दै दर्शक-श्रोताहरूलाई पूरै बाँधेर राखे ।

शुरुमा ‘बिहान उठ्ने बित्तिकै’ जस्ता गीतबाट स्टेजमा उत्रिएका ढकालले गौरादह र छिमेकी जिल्लाका एक हजारभन्दा बढी दर्शकहरूलाई विभिन्न लोकप्रिय रचनाहरूले झुमाए । उनीले ओराली लागेको, मन पराउने हजार, हीरा काट्ने, माया गर्नेको, बाँचुञ्जेलीलाई, छिटको गुन्यू, र माया जदौ जस्ता हिट गीतमार्फत उपस्थित सबैलाई उच्च मनोरञ्जन प्रदान गरे ।

यसैगरी, पछिल्लो समय चर्चित ‘फूलको आफ्नै कथा’ र आफैंले निर्माण गरिरहेको फिल्म ‘मालती मंगले’को एक गीत पनि उनले प्रस्तुत गरे । गायिकाहरू टीका प्रसाईं र संगीता बरालको साथमा उनको युगल गायनले कार्यक्रमको आकर्षण थप उच्च बनायो ।

कार्यक्रमबाट संकलित रकमको प्रयोग एकजना असहाय वृद्ध महिलाको सुरक्षित आवास निर्माणमा गर्ने उद्देश्य राखिएको छ, जुन आयोजक लाइन्स क्लब अफ गौरादहले सार्वजनिक गरेको छ ।

ढकालले यस कार्यक्रमप्रति खुसी व्यक्त गर्दै भने, ‘गौरादहमा पहिलोपटक ब्यान्डसहित लाइभ प्रस्तुति दिन पाउँदा गर्व लाग्यो; सामाजिक सेवाका लागि आयोजित यसमा सहयोगी बन्न पाएँ ।’ उनले दर्शकहरूको उत्साहपूर्ण उपस्थिति र न्यानो मायाका लागि धन्यवाद दिँदै व्यक्तिगत रूपमा ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको पनि खुलासा गरे ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्