झापा जिल्लाको बुद्धशान्ति गाउँपालिका–६ सन्तपुरस्थित ८४ वर्षीय डिल्लीराम अधिकारीले शुक्रबार राति आफ्नै घरको आँगनमा पेट्रोल छर्केर आत्मदाह गरेका छन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार राति करिब ११:३० बजे उनले शरीरमा आगो लगाएका थिए।
डिल्लीरामका छोराले राति १ बजे बुबा अचेत अवस्थामा भेटेपछि इलाका प्रहरी कार्यालय बुधबारेमा खबर गरेका थिए।
सूचना पाउनसाथ बुधबारे प्रहरी टोली घटनास्थलमा पुगेर सुरक्षाका उपायहरु अपनाएको छ भने थप अनुसन्धानका लागि धुलाबारीबाट समेत प्रहरी टोली खटिएको छ।
परिवारजनका अनुसार अधिकारीको घटनास्थलमै मृत्यु भएको छ। उनी केही समयदेखि मानसिक तनावका कारण उपचारमा थिए भने केही महिना अघि प्रोस्टेटको शल्यक्रिया गराइएको थियो।


