Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

टी-२० विश्‍वकप क्रिकेटमा नेदरल्यान्ड्सलाई हराउँला त नेपालले, यस्तो छ बिगत

काठमाडौं । नवौं संस्करणको आईसीसी टी-२० विश्वकप क्रिकेट सुरु भइसकेको छ । प्रतियोगगिताको तेस्रो दिन नेपालले मंगलबार राति नेदरल्यान्ड्ससँग खेल्दै छ । नेपाल र नेदरल्यान्ड्सविरुद्धको खेल डालासको ग्रान्ड प्रेरी क्रिकेट रंगशालामा राति सवा ९ बजे सुरु हुनेछ । एक दशकपछि नेपाल टी-२० विश्वकप खेल्न लागेको हो ।

यसअघि पहिलो पटक पारस खड्काको कप्तानीमा नेपालले बंगलादेशमा २०१४ मा टी-२० विश्वकप खेलेको थियो । दशकपछि फेरि नेपाल विश्व क्रिकेटको ठूलो प्रतिस्पर्धामा कप्तान रोहितकुमार पौडेलको नेतृत्वमा उत्रन लागेको हो ।

नेपालभन्दा सबै बलिया

समूहमा आफूभन्दा निकै बलिया टोली रहेका कारण नेपालको हरेक खेल चुनौतीपूर्ण छ । पाँचौं पटक विश्वकप खेलिरहेको नेदरल्यान्ड्स २०२२ को पछिल्लो संस्करणमा सुपर १२ मा पुगेको थियो । २००९ को संस्करणमा नेदरल्यान्ड्सले इंग्ल्यान्डमाथि ४ विकेटको विजय हात पारेको थियो । यस्तै, २०२२ मा दक्षिण अफ्रिकामाथि पनि नेदरल्यान्ड्सले टी-२० विश्वकपमा ३८ रनको स्मरणीय जित हासिल गरेको थियो । गत वर्ष नोभेम्बरमा भारतमा सम्पन्‍न एकदिवसीय विश्वकपमा नेदरल्यान्ड्सले दक्षिण अफ्रिका र बंगलादेशलाई हराएको थियो । यसपटकको विश्वकप अभ्यास खेलमा नेदरल्यान्ड्सले श्रीलंकालाई २० रनले हराएको थियो । यसले डच टोलीको आत्मविश्वास बढेको छ ।

नेपालले सन् २०१४ यता पहिलो पटक टी-२० विश्वकप खेल्न लागेको हो । तर, पनि नेपाल पहिलो खेलबाटै उत्कृष्ट प्रदर्शन गर्ने दाउमा पनि छ । समूह ‘डी’ मा नेपालसँगै नेदरल्यान्ड्स, श्रीलंका, दक्षिण अफ्रिका र बंगलादेश छन् । आईसीसी वरीयतामा यी सबै टिम नेपालभन्दा बलियो मानिन्छ । नेपाल आइसिसी वरीयतामा यी टोलीहरू भन्दा तल छ ।

श्रीलंका एक पटकको च्याम्पियन टोली हो । अर्का दुई टेस्ट राष्ट्र दक्षिण अफ्रिका र बंगलादेशले अहिलेसम्म जित्न सकेका छैनन् । तर, यी दुवै बलिया टोली हुन् । दोस्रो एसोसिएट राष्ट्र नेदरल्यान्ड्स पनि पाँच पटक ट्वान्टी- २० विश्वकप खेलिसकेको अनुभवी टोली हो ।

त्यसैले नेपालका लागि यो समूह निकै कठिन छ । दोस्रो चरणमा पुग्न नेपालले कम्तीमा दुई टेस्ट राष्ट्रलाई हराउनुपर्नेछ ।

नेपाल र नेदरल्यान्ड्सको पहिलो भेट हुन लागेको होइन । यी दुई टोलीबीच ५ खेलहरू भएका छन् । ३ खेलमा नेदरल्यान्ड्स र २ खेलमा नेपाल जितेको छ । नेपाललाई पराजित गर्दै मार्चमा घरेलु मैदानमा भएको नामिबियासम्मिलित त्रिकोणात्मक शृंखला नेदरल्यान्ड्सले जितेको थियो ।

यो प्रतियोगितामा नेपाल आफ्नो उपस्थितिको छाप छोड्ने लक्ष्यमा छ । तर, आफूलाई प्रमाणित गर्न नेपालसँग स्तरीय प्रदर्शन गर्नुको विकल्प भने छैन । त्यसका लागि अप्रत्याशित नतिजा ल्याउनुपर्छ ।

तर, नेपाली क्रिकेट टोलीका प्रशिक्षक मोन्टी देसाई भने जस्तोसुकै ठूलो टोली पनि कहिलेकाहीँ खराब नतिजा आउने भन्दै चिन्ता लिनुपर्ने अवस्था नरहेको बताउँछन् ।

ओपनिङको चिन्ता

ओपनिङ साझेदारी राम्रो नहुनु, कुनै एक ब्याटरले लामो इनिङ खेल्न नसक्नु र बलिङ युनिट लयमा नफर्कनु नेपालका लागि सबैभन्दा ठूलो चुनौती हो । बलर सन्दीप लामिछाने भिसा प्राप्त हुन नसकेपछि नेपाली टोलीमा छैनन् । अर्का अनुभवी बलर सोमपाल कामी र करण केसीले आफ्नो उत्कृष्टता प्रदर्शन गर्न नसकेको पनि लामो समय बितिसकेको छ ।

यस्तोमा नेपालको बलिङले समूह चरणमै निकै संघर्ष गर्न सक्छ । सोमपाल नेपाली टोलीकै सबैभन्दा पुराना र अनुभवी हुन् । उनले सन् २०१४ कै विश्वकप खेलेका थिए । त्यतिबेला सोमपालको उत्कृष्ट गतिको बलिङ अझै पनि चर्चा हुने गर्छ । तर, उनले अहिले त्यो गतिमा बल फ्याँक्न सकिरहेका छैनन् ।

अहिले नेपालले भोगिरहेको मुख्य चिन्ता ओपनिङको छ । पछिल्ला खेलहरूमा कुशल भुर्तेलको प्रदर्शन निराशाजनक छ । एसीसी प्रिमियर कपमा उनी लगातार तीन खेलमा शून्यमै आउट भएका थिए ।

उनको ओपनिङ जोडी आसिफ शेख पनि पछिल्ला ६ खेलमा एकमात्र अर्धशतक बनाउन सकेका छन् भने ४ खेलमा दोहोरो स्कोर नै बनाउन सकेका छैनन । तर २०२१ को अप्रिलमा नेदरल्यान्ड्सविरुद्ध त्रिकोणात्मक ट्वान्टी – २० शृंखलामा उनीहरूले नै पहिलो विकेटमा १ सय १६ रन जोड्दै अन्तर्राष्ट्रिय क्रिकेटमा सानदार ‘डेब्यु’ गरेका थिए । तर त्यसपछिका दिनमा उनीहरू जम्‍न सकेका छैनन् ।

ऐरी खेल्ने निश्‍चित

नेदरल्यान्ड्सविरुद्ध दीपेन्द्रसिंह ऐरीले खेल्ने निश्चित छ । दुई साताअघि एङ्कलमा चोट लागेयता उनले खेलेका छैनन् । ऐरीमाथि टिम र प्रशंसकले धेरै आशा गरेका छन् । उनी टोलीमा फर्किएपछि अनिल साहले प्लेयिङ ११ बाट स्थान गुमाउनुपर्ने हुनसक्छ ।

नेपाल उच्च मनोबलमा : पौडेल

कप्तान पौडेल यस विश्वकपकै सबैभन्दा कान्छा हुन् । कान्छो नेपाली क्रिकेट टोलीमा विश्वकप नजिकिँदै गर्दा आत्मविश्वास देखिन्छ । कप्तान पौडेलले उच्च मनोबलका साथ विजयको ताज पहिरिने प्रयास हुने बताएका छन् । आइतबार सामाजिक सञ्जालमार्फत विश्वकपमा राष्ट्रको झण्डा काँधमा बोकेर उच्च मनोबलका साथ विजयको ताज पहिरिन सदैव आफ्नो प्रयास हुने उनले बताएका हुन् ।

सन् २०१४ मै प्राप्त सफलतामा पुग्न नेपालले १० वर्ष नै कुर्नु परेको छ । अब नियमित खेल्ने अवस्था बनाइराख्न टोलीले १-२ वटा अप्रत्याशित सुखद नतिजाको वातावरण सिर्जना गर्न सक्ने खुबी पनि राखेको छ । कप्तान पौडेल पनि यसलाई अवसरका रूपमा लिएका छन् ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्