Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

तनावमा ‘सोचेझैँ जिन्दगी रैनछ’ गायिका मधु, दोस्रो बिहे पनि एक वर्षमै संकटमा

काठमाडौं । चर्चित गायिका मधु क्षेत्रीले कुनै बेला गाएकी थिइन्, ‘सोचेझैँ जिन्दगी रैनछ’ । जिन्दगी सोचेझैँ नहुने सन्देशसहित गाइएको यी गीत अहिले उनै मधुको जीवन भोगाइमा मिल्न पुगेको छ ।

बिरहको यो गीत मधुसँगै मिलेको भन्दै कतिपय फ्यानले सामाजिक सञ्जालमा लेखिरहेका छन् । मधु क्षत्री अहिले तनावमा छिन्, तनावको कारण हो उनको दोस्रो वैवाहिक जीवन पनि सहज भएन ।

त्यही कुराको पुष्टि उनले मंगलबार मल्टिमिडिया सामाजिक प्लाटफर्म टिकटकमार्फत गरिन् । ६ महिनाअघि मात्रै पहिलो बिहेलाई टुंग्याएर दोस्रो सम्बन्ध अघि बढाउँदै अस्ट्रेलिया पुगेकी उनले त्यहाँ पनि घरेलु हिंसा भोग्न बाध्य भएको खुलासा गरेकी छन् ।

संगीत क्षेत्रलाई पूर्णविराम दिँदै सुरेश खड्कासँग दोस्रो बिहे गरेर अस्ट्रेलिया पलयान भएकी उनी फेरि तनावमा परेकी हुन् । मधुको दोस्रो सम्बन्ध पनि संकटमा परेको खुलासा उनैबाट भएको छ ।

उनले पति सुरेश खड्काबाट घरेलु हिंसा भोगिरहेको बताएकी छन् । नेपालको सांगीतिक करिअरलाई बिट मार्दै अस्ट्रेलिया पुगेकी उनले दुई दिनअघि टिकटक लाइभबाट पति सुरेशसँग सम्बन्ध बिग्रिएको र आफूले हिंसा भोगिरहेको बताएकी हुन् ।

मधुकै अनुसार अहिले उनी गर्भवती छिन् । मधुले मध्यरात लाइभका क्रममा आफूलाई पति सुरेशले कुटपिट र गाली गर्ने गरेको खुलाएकी छन् ।

‘उसको दाजुले पनि मेरो पेटको बच्चा उसको भाइको होइन भन्छन् रे ! म देखाउँछु कसको हो ? मलाई पनि उसले ह्यारेसमेन्ट गरेको थियो’, उनले टिकटक लाइभमा भनेकी छन् ।

मधुले घरका अन्य सदस्यहरूका कारण आफूलाई पति सुरेशले हेला र हिंसा गर्ने गरेको बताएकी छन् । एक वर्षअघि सुरेशसँग बिहे गरेकी उनी ६ महिनापहिले अस्ट्रेलिया गएकी थिइन् ।

सुरुमा अस्ट्रेलियामा पतिसँगै बस्थिन् तर ४ महिनामै सुरेशले छाडेको उनको भनाइ छ । मधु अस्ट्रेलियामा दोस्रो पति सुरेश तथा उनका छोरा, दाजुभाउजू र उनीहरूकी छोरीसहित बस्थिन् । उनकी १८ वर्षीया छोरी पनि अस्ट्रेलियामै छिन् । आफ्नी छोरी राति ११ बजे घर फर्किँदा पति सुरेशले लिन नगएको गुनासो मधुले टिकटकमा गरेकी छन् ।

‘मध्यरातमा केटाहरू हिँड्ने बाटोमा मेरी जवान छोरी एक्लै हिँड्दै घर आउँछिन् । तर ऊ (सुरेश) लिन जाँदैन । कस्तो माया नलागेको ? दाजुकी छोरी लिन भने जाँदो रहेछन् । मेरी छोरीले देख्ने डरले गाडी पनि पर राख्दोरहेछन ।’

उनले २०८० असारमा अस्ट्रेलियामा बसोबास गर्ने सुरेशसँग विवाह गरेकी थिइन् । जुन कुराको पुष्टि उनैले गरेकी थिइन् । उनले टिकटकबाट बिहेबारेका केही भिडियो पनि सार्वजनिक गरेकी थिइन् ।

उनले दोस्रो बिहेपछि टिकटक एकाउन्टको नाम मधु क्षेत्रीबाट मधु सुरेश बनाएकी थिइन् । एक टिकटक भिडियोमा त्यसबेला उनले आफूले भगवान जस्तै श्रीमान् पाएको पनि बताएकी थिइन् । तर उनै भगवान् जस्ता श्रीमान्ले आफूलाई घरेलु हिंसा गरेको आरोप मधुले एक वर्ष नबित्दै लगाएकी छन् ।

मधुले पहिलो पतिसँग सम्बन्ध विच्छेद गरेर सुरेशसँग सम्बन्ध बढाएकी थिइन् । पहिलो पतितर्फ मधुकी एकजना १८ वर्षीया छोरी छन् । मधु बाल्यकालदेखि नै गायनमा लागेकी थिइन् । उनले ठाडीभाका, देउडा, लोक र तीजका गीत गाएर चर्चा कमाएकी छन् ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्