Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

दार्चुलाबाट कैलाली आउँदै जिप खस्दा २ जनाको मृत्यु, ७ घाइते

दार्चुला, जेठ २३ गते । दार्चुलाको लेकम गाउँपालिकाबाट धनगढीका लागि छुटेको जिप बुडर नजिक दुर्घटना हुँदा २ जना यात्रुको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

लेकमकै लवदेव बोहराको सुदूरपश्चिम प्रदेश ०१ ००१ ज १४८९ नम्बरको जिप आज बिहान धनगढी जाँदै गर्दा बुडर नजिक दुर्घटना भएको हो । दुर्घटनामा परेर जिपमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको हो भने बालिकाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । चालकसहित ८ जना घाइते भएका छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाकाअनुसार घटनास्थलमै मृत्यु भएकी महिलाको सनाखत हुन सकेको छैन ।

इलाका प्रहरी कार्यालय बुडरका वरिष्ठ प्रहरी नायव निरीक्षक धनञ्जय कुमार मल्लका अनुसार घाइते हुनेमा बैतडीको डिलाशैनी गाउँपालिका वडा नम्बर ५ घर भएका १९ वर्षीय चालक वासुदेव नाथ, दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ६ बस्ने ४५ वर्षीय जगत धामी, लेकमकै वडा नम्बर ४ का ३१ वर्षीय हरिस पार्की, निजकी श्रीमती २६ वर्षीया भावना ओड पार्की र निजकै छोरी ३ वर्षीया रीतिका पार्की रहेका छन् । यस्तै डिलाशैनीको वडा नम्बर ६ का १७ वर्षीय अर्जुन लुहार, डिलाशैनी ६ कै २२ वर्षीया रेखा ओड र मालिकार्जुन गाउँपालिका ४ की ६० वर्षीया मानमति धामी घाइते रहेका छन् ।

घाइते ८ जनामध्ये ४ जनालाई बढी चोट लागेको र ४ जनाको अवस्था सामान्य रहेको बताइएको छ । बिहान ५ बजे घाइतेहरूको उद्धार गरी धनगढीस्थित निसर्ग हस्पिटलमा पठाइएको उहाँले बताउनुभयो ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्