Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

देशका धेरै ठाउँमा आज पनि ठूलो पानी पर्ने सम्भावना

काठमाडौं, २३ साउन । मनसुन सक्रिय रहेकाले देशका धेरैजसो ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । काठमाण्डौ उपत्यकामा अहिले पानी रोकिए पनि दिउँसो पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पछिल्लो १२ घण्टामा सबैभन्दा धेरै सिन्धुपाल्चोकको बाह्रबिसेमा १ सय ११ दशमलव ४ मिलिमिटर वर्षा भएको छ । सिन्धुपाल्चोकमा नाकोटेको मेलम्ची नदी जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको र बढ्दो क्रममा रहेकाले मेलम्ची बजार लगायत तल्लो नदी तटीय क्षेत्रमा बाढीको जोखिम बढेको हुँदा यस क्षेत्रमा रहनेले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

यस्तै कञ्चनपुरको सुन्दरपुरमा ७९ दशमलव ८ मिलिमिटर पानी परेको छ । इलामको कन्याममा ६८ दशमलव २, सोलुखुम्बुको पिकरनसमा ६५ दशमलव २, अछामको असारघाटमा ६५ मिलिमिटर पानी परेको छ । धनकुटा, दैलेख, तेह्रथुम, खोटाङ लगायतका क्षेत्रमा अहिले पनि पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाले आज पनि देशका धेरै ठाउँमा ठूलो पानी पर्ने अनुमान रहेकाले बाढी, पहिरो र डुबान हुन सक्ने भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्