Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

नेपाल प्रिमियर लिग ‘स्टार स्पोर्ट्स’बाट ब्रोडकास्ट हुने !

काठमाडौं । मंसिर १५ गतेबाट शुरु हुने नेपाल प्रिमियर लिगका लागि फ्रेन्चाइज टिमहरुले तयारी गरिरहेका छन्।

टिमले विदेशी खेलाडीको अनुबन्धको चरणलाई अन्तिम चरणमा पुर्याएका छन् भने केही विदेशी कोच र मेन्टरसमेत नेपाल आइसकेका छन्।

यसैबीच दक्षिण अफ्रिकी खेलाडी समेत रहेका एनपिएलकै सबैभन्दा महंगो टोली पोखरा एभेन्जर्सका मेन्टर जोन्टी रोड्स नेपाल आइसकेका छन्।

यसैबीच टोलीहरुले आफ्नो जर्सी सार्वजनिक कार्यक्रम गरिरहेका छन्। पोखराले बिहीबार एक कार्यक्रमका बीच जर्सी सार्वजनिक गरिसकेको छ भने कर्णाली याक्सले पनि आज जर्सी सार्वजनिक गर्दैछ।

केही दिनअघि याक्सले फेस अफ कर्णाली भन्दै नायिका स्वस्तिमा खड्कालाई टिममा आबद्ध गरायो। यसका अलावा अन्य टिमहरुले पनि आफ्नो तयारीलाई तीव्रता दिएका छन्।

एनपिएलका लागि टोलीहरुले ट्यालेन्ट हन्ट समेत गर्न लागेका छन्। जसका लागि विभिन्न टोलीहरुले स्थान र समयसहित नेपाल क्रिकेट संघको निगरानीमा रहेर त्यसको मापदण्ड समेत तय गरिसकेका छन्।

यसैबीच प्रतियोगिताका खेलहरू भारतको स्टार स्पोर्ट्सबाट प्रत्यक्ष प्रसारण हुने भएको छ। बिहीबार पोखरा एभेन्जर्सले पोखरामा गरेको पत्रकार सम्मेलनमा टिमका अध्यक्ष सुबोध त्रिपाठीले यसबारे जानकारी गराएका हुन्।

लगानी उठाउने सन्दर्भमा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफमा उनले ब्रोडकास्ट राइट्स लगायतका मुख्य प्रायोजकको रकमबाट आधा रकम क्यानले आठवटा टिमलाई भाग लगाउने उल्लेख गरेका हुन्। सोही क्रममा ब्रोडकास्टरको बारेमा पनि उनले खुलाएका हुन्।

‘क्यानले ब्रोडकास्टिङ राइट्स र विज्ञापनबाट जुटाएको आधा पैसा आठ वटा टिमलाई बाँड्छ,’ त्रिपाठीले भने, ‘क्यानले हामीलाई जानकारी दिए अनुसार स्टार स्पोर्ट्सले यसको ब्रोडकास्ट गर्नेछ।’

यद्यपि नेपाल क्रिकेट संघ र नेपाल प्रिमियर लिगले आधिकारिक रूपमा यसबारे जानकारी गराइसकेको छैन।

पहिलो सिजनका लागि हरेक टोलीको ७ देखि १० करोड रुपैयाँ खर्च हुने नेपाल क्रिकेट संघले बताउँदै आएको छ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्