Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

न्याय खोज्न प्रहरी कार्यालय आएकी महिलालाई हवल्दारले बलात्कार गर्न खोजेपछि…

काठमाडौं । न्याय खोज्दै प्रहरी कार्यालयमा पुगेकी एक महिलामाथि बलात्कार प्रयास गर्ने प्रहर हवल्दार जेल चलान भएका छन् ।

चोरीसम्बन्धी उजुरी लिएर प्रहरीमा पुगेकी महिलालाई चोर पक्राउ गर्ने आश्वासन दिएर होटलमा बोलाएर बलात्कार प्रयास गर्ने प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत उदयपुर कटारी ३ घर भएका अनिलकुमार दाहाल पुर्पक्षको लागि जेल चलान भएका हुन् ।

आरोपी दाहाल बुधबार पुर्पक्षका लागि कारागार चलान भएका छन् ।आफ्नो डेरामा चोरी भएपछि ती महिला गत २० भदौमा स्वयम्भू वृत्तमा पुगेकी थिइन् । स्वयम्भू वृत्तले सोह्रखुट्टे वृत्त पठाएको थियो ।वृत्तमा उनको भेट हवल्दार दाहालसँग भएकोमा उनले चोरलाई पक्राउ गर्ने आश्वासन दिई महिलाको फोन नम्बर मागे । केही दिनपछि उनले चोर पक्राउ परेको भन्दै फेन गरेर कार्यालयमा बोलाए ।

पीडित कार्यालयमा पुगिन् तर चोर थिएनन् । हवल्दार दाहालले बहाना बनाउँदै चोर छुटिसकेको बताए ।अर्को दिन फेरि पक्राउ गरेर ल्याउने र बोलाउने बताए । त्यो भेटमा हवल्दार दाहालले पीडित महिलासँग थप नजिकिने आइडिया लगाएर  भेट्न बोलाएका थिए ।

तर बहाना थियो पक्राउ नपरेको मानिसलाई पक्राउ परेको भनेर पीडितलाई बोलाएका थिए ।

२९ भदौमा हवल्दार दाहालले फेरि ती महिलालाई राति १० बजे फोन गरी चोर पक्राउ परेको भन्दै ठमेल सञ्चयकोष भवन अगाडि भेट्न आउन बोलाए ।

महिलाले आफू तत्काल आउन नसक्ने बरु भोलिपल्ट बिहान आउने बताइन् । तर, प्रहरीले आउन भन्दै निकै कर गरे । उनले पठाओमा आउन आग्रह गर्दै भाडासमेत आफैँ तिरिदिने बताए ।

अब फेरि पीडितले आफ्नो सानो बच्चा रहेको र छाड्न नमिल्ने समेत बताइन् । हवल्दार दाहालले अझै कर गरेर कसैको जिम्मा लगाउन सुझाव दिए । धेरै कर गरेपछि पीडित सञ्चयकोष भवन अगाडि जान बाध्य भइन् ।

हवल्दार दाहालले पीडितलाई नजिकैको ‘ड्रंकेन इन होटेल’मा लगे । कोठा नम्बर ३ सय १ मा लगे । त्यहाँ पुगेपछि पीडितले ‘चोर कता छ ?’ भन्दै सोधिन् ।

हवल्दार दाहालले भने एकछिनमा ल्याउने भन्दै जबरजस्ती गर्न खोजे । बलात्कार प्रयास गरेको र आफू भागेको पीडितको जाहेरीमा उल्लेख छ  ।

अर्को दिन पीडित प्रहरीमा जाहेरी दिन गइन् । लगतै प्रहरीले हवल्दारलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको हो । काठमाडौंका जिल्ला न्यायाधीश पीताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ  ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्