Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

पाकिस्तान, अफगानिस्तान र यूएईले त्रिदेशीय टी–२० शृङ्खला खेल्ने

काठमाडौं, १६ साउन । पाकिस्तान, अफगानिस्तान र संयुक्त अरब इमिरेट्स (यूएई) ले त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला खेल्ने भएका छन् ।

एशिया कपअघि पाकिस्तान, अफगानिस्तान र यूएईबीच आउँदो अगस्ट–सेप्टेम्बरमा सात खेलको त्रिदेशीय टी–२० शृङ्खला हुने भएको हो । इमिरेट्स क्रिकेट बोर्डले आयोजना गर्ने प्रतियोगिता शारजाहमा हुनेछ ।

अगस्ट २९ देखि सेप्टेम्बर ७ सम्म हुने प्रतियोगितामा हरेक टोलीले एकअर्कासँग दुई पटक खेल्नेछन् । त्यसपछि शीर्ष दुई टोलीबीच फाइनल हुनेछ ।

आईसीसी टी–२० वरीयतामा अहिले पाकिस्तान आठौं स्थानमा छ । यस्तै अफगानिस्तान नवौं र यूएई १४औं स्थानमा छन् ।

एशिया कप पनि सेप्टेम्बर ९ देखि २८ सम्म यूएईमा हुनेछ । १७औं संस्करणको एशिया कप टी–२० फर्म्याटमा हुँदैछ ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्