Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

पूर्व डीआईजी छविलाललाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ गरेका पूर्व डीआईजी छविलाल जोशीलाई पाँच दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सहकारीको रकम ठगी आरोपमा पक्राउ परेका गोरखा मिडिया नेटवर्क प्रालिका तत्कालीन सञ्चालक एवं पूर्व डीआईजी जोशीलाई सोमबार कास्की जिल्ला अदालतमा उपस्थित गराइएको हो ।

आइतबार काठमाडौँमा पक्राउ परेका जोशीमाथि अनुसन्धानका लागि म्याद थप गर्नका लागि प्रहरीले अदालतमा लगेकामा पाँच दिन हिरासतमा राख्ने अनुमति पाएको हो । पोखराको सूर्यदर्शन सहकारीको बचत ठगीको अनुसन्धानका लागि जोशीलाई प्रहरीले आइतबार दिउँसो काठमाडौबाट नियन्त्रणमा लिएर राति पोखरा ल्याएको हो ।

गोरखा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई, तत्कालीन प्रबन्ध निर्देशक एवं राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र सञ्चालक जोशीको हस्ताक्षर चल्ने गरी खोलिएको खातामा विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख ल्याएर खर्च गरिएको थियो ।

पोखराको सूर्यदर्शन सहकारीको रकम ठगीसम्बन्धी अनुसन्धानका लागि जोशीलाई नियन्त्रणमा लिइएको हो । प्रहरीले रवि लामिछानेलाई पनि पक्राउका लागि काठमाडौँ प्रहरीसँग आग्रह गरिसकेको छ । सहकारीको बचत अपचलन प्रकरणमा गत वर्ष पहिलो चरणको अनुसन्धान टुंग्याएर मुद्दा गत वर्ष अदालत पुगेको थियो । अहिले संसदीय समितिको प्रतिवेदन पनि आइसकेको छ ।

समितिले प्रतिवेदनमा गोरखा मिडियाका सञ्चालकहरू जीबी राई, रवि लामिछाने, कुमार रम्तेल र छविलाल जोशीलाई कारबाही गर्न सिफारिस गरिसकेको छ ।  समितिले चारै जनामाथि ठगी, किर्ते, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका दफा आकर्षित हुने निष्कर्ष निकालेको थियो ।

राई फरार छन् । रम्तेल पुर्पक्षका लागि कास्की कारागारमा छन् । जोशीलाई पनि थप अनुसन्धानका लागि अदालतमा लगिएको छ भने लामिछानेलाई पक्राउ गर्न प्रहरी लागिसकेको छ । तर लामिछानेले आफूलाई राजनीतिक प्रतिशोध साँध्न पक्राउ गर्न लागिएको भन्दै नेता कार्यकर्तालाई उचालेका छन् । उनलाई जस्तै आरोप लागेकाहरु जेल जाँदा उनी भने प्रधानमन्त्री केपी शर्मा ओलीसँग ‘रुम मिलाउने’ कुरा गर्दैछन् ।

उनले आइतबार राति पार्टी कार्यालयमा बसेर राति प्रधानमन्त्रीसँग वार्ता गर्ने भन्दै रुम आफैँले मिलाउने बताएका थिए । तर प्रहरी स्रोतका अनुसार उनी जुनसुकै बेला पक्राउ पर्न सक्नेछन् ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्