Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

प्रतिनिधिसभा : समानुपातिकको बन्दसूचीबाट १६४ उम्मेदवारको नाम फिर्ता

प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीअन्तर्गत १८ राजनीतिक दलका १६४ उम्मेदवारले सोमबार बन्दसूचीबाट आफ्नो नाम फिर्ता लिएका छन्।

सबैभन्दा धेरै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का ७८ उम्मेदवारले नाम फिर्ता लिए। लोसपाले जनता समाजवादी पार्टी नेपाल (जसपा)सँग तालमेलपछि जसपाको छाता निर्वाचन चिन्हबाट सहभागी हुन प्रस्तुत उम्मेदवारहरूको नाम फिर्ता लिएको हो। लोसपाको फिर्ता भएका कतिपय उम्मेदवारलाई जसपाकै अद्यावधिक बन्दसूचीमा समावेश गरिएको छ। लोसपाले यसअघि ११० जनाको नाम बन्दसूचीमा समावेश गरेको थियो।

जनता समाजवादी पार्टी नेपालबाट २१ जना तथा जनमत पार्टीबाट २० जनाले नाम फिर्ता लिए। जनमत पार्टीका खस आर्य संघकी अध्यक्ष लक्ष्मी खड्काले बन्दसूचीमा आर्थिक चलखेल भएको आरोप लगाउँदै एकै पटक २० जनाको नाम फिर्ता गराएकी हुन्।

ठूला दलमध्ये नेकपा एमालेबाट ५, नेपाली कांग्रेस, नेकपा रास्वपा तीनै दलबाट २–२, राप्रपाबाट १२, जनादेश पार्टी नेपालबाट ६, नेपाल कम्युनिस्ट पार्टी (माओवादी) र राष्ट्र निर्माण दल नेपालबाट ४–४ उम्मेदवारले नाम फिर्ता लिएका छन्।

राजनीतिक दलअनुसार फिर्ता लिएका उम्मेदवारको संख्या यसप्रकार छ : लोकतान्त्रिक समाजवादी पार्टी – ७८,

जनता समाजवादी पार्टी नेपाल – २१

जनमत पार्टी – २०

राष्ट्रिय प्रजातन्त्र पार्टी – १२

जनादेश पार्टी नेपाल – ६

नेकपा (एमाले) – ५

नेपाल कम्युनिस्ट पार्टी (माओवादी) – ४

राष्ट्र निर्माण दल नेपाल – ४

नेपाली कांग्रेस – २

नेकपा – २

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) – २

उन्नत लोकतान्त्रिक पार्टी – २

गतिशील लोकतान्त्रिक पार्टी – १

नागरिक उन्मुक्ति पार्टी – १

नेपाल जनता पार्टी – १

प्रगतिशील लोकतान्त्रिक पार्टी – १

संघीय लोकतान्त्रिक पार्टी – १

संयुक्त नागरिक पार्टी – १

जम्मा : १६४ उम्मेदवार

निर्वाचन तालिका अनुसार उम्मेदवारले नाम फिर्ता लिएपछि आयोगले सोमबार अपरान्ह ४ बजेसम्म सम्बन्धित दललाई जानकारी दिनेछ भन्ने जानकारी सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले दिएका छन्।

पुस ३० देखि माघ २ गतेभित्र रिक्त स्थानमा सोही समूहको अर्को उम्मेदवारको नाम दलले आयोगमा पेस गर्नुपर्नेछ। माघ १० गते आयोगले अद्यावधिक सूची सार्वजनिक गर्नेछ।

माघ ५ देखि १० गतेसम्म दाबी विरोध, ११ देखि १७ सम्म छानबिन तथा निर्णय हुनेछ। माघ १९ मा समस्या देखिएका उम्मेदवारको नाम सूचीबाट हटाउने सूचना आउनेछ भने माघ २० मा अन्तिम बन्दसूची प्रकाशित हुनेछ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्