Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई भने : काम गर्न नसके पद ओटेर बस्न हुँदैन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरूलाई लक्ष्यअनुसार काम गर्न आग्रह गरेका छन्। घोषित लक्ष्य हासिल हुने गरी मन्त्रीहरूले काम गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुधबार सबै मन्त्रालयका त्रैमासिक कामप्रति असन्तुष्टि जनाएका प्रधानमन्त्री ओलीले लक्ष्यअनुसार काम नगर्ने मन्त्रीले ठाउँ ओगटेर बसिराख्न नहुने पनि बताएका हुन्। कामको गतिलाई तीव्रता दिन प्रधानमन्त्री ओलीले मन्त्रीहरूलाई आग्रह गरेको पर्यटन, संस्कृति तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले जानकारी दिए।

निर्धारण गरिएका लक्ष्य प्राप्त हुने गरी कामको गतिलाई अझै तीव्रता दिन प्रधानमन्त्रीले मन्त्रीहरूलाई सचेत पनि गराएका छन्।
‘केही सुधार गरेर अझ राम्रो गर्नुपर्छ भन्ने नै हो। गत वर्षको भन्दा पूँजीगत खर्चको गति हेर्दा सकारात्मक देखिएको छ,’ मन्त्री पाण्डेले भने, ‘प्रधानमन्त्रीले भन्नु पनि भयो, लक्ष्यअनुसार काम गर्न हामी सबै तयार हुनुपर्छ। जो जुन ठाउँमा छ त्यसले सोअनुसार काम, कर्तव्य निर्वाह गर्न सकेन भने त कसैले पनि कुनै पनि ठाउँ ओगटी रहनु हुँदैन।’

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बुधबार सबै मन्त्रालयहरूले एकीकृत प्रस्तुती दिएका थिए। मन्त्रीहरू र सचिवहरूले आ-आफ्नो मन्त्रालयसँग सम्बन्धित विषयमा प्रगति तथा समस्या पनि सुनाएका थिए।

मन्त्रीहरूले अन्तर मन्त्रालयबीच समन्वयमा समस्या देखिँदा पनि लक्ष्यअनुसार काम गर्न समस्या भइरहेको बताएका थिए।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्