Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

बच्चा जन्माउन प्रोत्साहन गर्दै जापानमा कर्मचारीलाई हप्तामा ३ दिन बिदा, आमालाई थप सुविधाको घोषणा

एजेन्सी । जापानको टोकियो महानगर सरकारले आगामी अप्रिलदेखि सरकारी कर्मचारीहरूका लागि चारदिन मात्र कार्यदिन लागू गर्ने घोषणा गरेको छ ।
यो निर्णयले विशेषतः कामकाजी आमाहरूलाई सहयोग पुर्‍याउने र जापानको लगातार घट्दो जन्मदरलाई सुधार गर्ने उद्देश्य राखिएको अन्तर्राष्ट्रिय समाचार संस्था सीएनएनले जनाएको छ ।टोकियो महानगरले हप्तामा तीन दिन बिदा दिने व्यवस्था सुरु गर्दैछ । साथै, प्राथमिक विद्यालयका पहिलोदेखि तेस्रो कक्षामा अध्ययनरत बालबालिका भएका अभिभावकलाई तलब थोरै कटौतीको सर्तमा समयमै कार्यालयबाट बाहिरिन दिने अर्को नीति पनि सार्वजनिक गरिएको छ।

‘हामी कामको शैलीलाई लचिलो बनाउँदै जीवनका विभिन्न घटनाहरू, जस्तै सन्तान जन्माउने वा हेरचाहका कारण कसैले पनि आफ्नो करियर त्याग्न नपरोस् भन्ने सुनिश्चित गर्नेछौं,’ टोकियोकी गभर्नर युरिको कोइकेले बुधबार नीति सम्बोधनमा भनिन् ।जापानको जन्मदर लामो समयदेखि घट्दो क्रममा छ । गत वर्ष जम्मा ७ लाख २७ हजार २७७ बच्चाको जन्म दर्ता गरिएको थियो, जसले कुल प्रजनन दरलाई १.२ मा झार्‍यो । स्थिर जनसंख्याका लागि प्रजनन दर कम्तीमा २.१ हुनुपर्छ।

जापान सरकारले जनसंख्या संकट समाधान गर्न विभिन्न कदमहरू चाल्दै आएको छ । बुबाहरुलाई पितृत्व बिदा सुनिश्चित गराउनेदेखि कामकाजी समय लचिलो बनाउनेसम्मका नीतिहरू लागू गरिएका छन् । तर, जापानको कठोर कार्यसंस्कृति र जीवनयापन खर्चमा भएको वृद्धिले यी प्रयासहरूलाई चुनौती दिएको छ । विशेषज्ञहरूका अनुसार जापानको ओभरटाइम कल्चरले सन्तान जन्माउने र हुर्काउने जिम्मेवारीलाई झन् कठिन बनाउँछ । महिलाहरू प्रायः परिवार र करियरबीच छनोट गर्न बाध्य हुने गर्छन्।

चार-दिनमात्र कार्यालय समयको अवधारणाले पछिल्लो समय पश्चिमी देशहरूको पनि ध्यान आकर्षित गरेको छ । केही अध्ययनले कम कामका घण्टाले कर्मचारीको मानसिक स्वास्थ्य र उत्पादकत्व सुधार गर्ने देखाएका छन् । तर जापानमा यो अवधारणा अझै ‘उग्र’ मानिन्छ। एशियाका अन्य देशहरूले पनि परिवारमैत्री नीतिहरू अपनाउन थालेका छन् । यसै वर्ष सिंगापुरले कर्मचारीहरूको लचिलो कामको मागलाई सम्बोधन गर्ने नयाँ दिशानिर्देश जारी गरेको थियो ।

टोकियोको यो कदमले जापानको परम्परागत कार्यसंस्कृतिमा परिवर्तन ल्याउन सक्ने विश्वास गरिएको छ । यदि प्रभावकारी रह्यो भने, यो नीति विश्वभरका अन्य ठूला सहरहरूको लागि नमूना बन्न सक्ने समाचारमा जनाइएको छ ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्