Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

बजार उकालो लाग्दा सेयर धितोमा जाने कर्जा १८.१ प्रतिशतले बढ्यो, १ करोडभन्दा बढी कर्जा माग्ने धेरै

काठमाडौं । गत आर्थिक वर्षको असार मसान्तसम्ममा सेयर धितोमा जाने कर्जा १८.१ प्रतिशतले बढेको छ । नेपाल राष्ट्र बैंकले प्रकाशित गरेको विवरण अनुसार असार मसान्तसम्म सेयर धितोमा ९० अर्ब ९ करोड ३२ लाख रुपैयाँ कर्जा गएको छ । अघिल्लो आवको असार मसान्तसम्म सेयर धितोमा ७६ अर्ब ३० करोड ८३ लाख रुपैयाँ कर्जा थियो ।सेयर धितोमा जाने १ करोड भन्दा बढी सेयर धितो कर्जा २५.१ प्रतिशतले बढेर ५५ अर्ब ९३ करोड २० लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा यस्तो कर्जा ४४ अर्ब ७१ करोड ६१ लाख रुपैयाँ थियो ।

यस्तै ५० लाख देखि १ करोडसम्मको सेयर धितो कर्जा ५.५ प्रतिशतले बढेर १२ अर्ब ४२ करोड ७७ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको सोही अवधिमा ५० लाख देखि १ करोडसम्मको सेयर धितो कर्जा ११ अर्ब ७७ करोड ४५ लाख रुपैयाँ थियो । यसैगरि, २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा १२.८ प्रतिशतले भनेर १४ अर्ब ४२ करोड ३१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आवको सोही अवधिमा २५ देखि ५० लाख रुपैयाँसम्मको सेयर धितो कर्जा १२ अर्ब ७८ करोड १९ लाख रुपैयाँ रहेको थियो ।

साथै, २५ लाखभन्दा कम सेयर धितोकर्जा ३.९ प्रतिशतले बढेर ७ अर्ब ३१ करोड २३ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आवको असार मसान्तसम्म २५ लाखभन्दा कम सेयर धितोकर्जा ७ अर्ब ३ करोड ५९ लाख रुपैयाँ रहेको थियो । राष्ट्र बैंकले सेयर धितोमा लगाएको ४, १२ करोडको नीतिलाई संशोधन गरेर १५, २० करोड पुर्याएसँगै सेयर धितोमा जाने कर्जामा १ करोड भन्दामाथीको कर्जा बढेको छ ।

यस्तै, राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा ‘मार्जिन प्रकृतिको सेयर धितोमा प्रवाह गर्ने कर्जाको विद्यमान अधिकतम २० करोडको सीमा खारेज गरिनेछ’ भन्ने नीति लिएको छ । सेयर बजार लगातार बढेसँगै सेयर धितोमा जाने कर्जा पनि अझै बढ्ने देखिन्छ ।

 

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्