Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

बाढी र पहिरोले ललितपुरमा व्यापक क्षति : २३ जनाको मृत्यु, टुट्यो सडक, विद्युत् र सञ्चार सम्पर्क

काठमाडौं । असोज ११ र १२ गते परेको अविरल वर्षाको कारण आएको बाढी र पहिरोले ललितपुर जिल्लामा धेरै जनधनको क्षति भएको छ।

६ वटै स्थानीय तहका जनप्रतिनिधिले दिएको जानकारीअनुसार जिल्लाभर मानवीय क्षति र भौतिक क्षति व्यापक भएको छ।जिल्ला प्रहरी परिसर ललितपुरका प्रहरी प्रमुख एसएसपी शेखर खनालले अहिलेसम्म जिल्लाभर २३ जनाको मृत्यु भएको पछिल्लो तथ्यांक आएको बताए। उनका अनुसार करिब १५ जना बेपत्ता छन्।

तीनवटै पालिकामा विद्युत् आपूर्ति बन्द छ। सबैभन्दा बढी गोदावरी नगरपालिकामा मानवीय क्षति भएको छ।

प्रवक्ता समेत रहेका वडा नम्बर ६ का वडाध्यक्ष मिलन सिलवालले दिएको जानकारीअनुसार सो नगरपालिकामा १३ जनाको मृत्यु भएको छ। १४ वटा वडा रहेकोमा ७ वटामा गम्भीर क्षति पुगेको छ। पहिरोले घर पुरेको उनले बताए।

‘सबैभन्दा बढी ६ नम्बर वडामा मानवीय क्षति भएको छ। अहिलेसम्म एउटै वडामा ४ जनाको मृत्यु भएको पुष्टि छ’, सिलवालले भने, ‘केही बेपत्ता भएको सुनेका छौँ तर उद्धार गर्न जानसक्ने बाटो छैन।’

‘पहिरो ९० डिग्रीमा गएको छ। सडक र टेलिफोन सम्पर्क नहुँदा उद्धारमा कठिनाइ भयो’, जिल्ला विपद् व्यवस्थापन समिति बैठकमा सिलवालले ब्रिफिङ गर्दै भने।  व्यवसायीले सहयोग नगरेको उनको गुनासो छ।

यसैगरी महालक्ष्मी नगरपालिकामा अहिलेसम्म ९ जनाको मृत्यु भएको मेयर हरिगोविन्द श्रेष्ठले बताए। उनका अनुसार वडा ९ र १० बढी प्रभावित छन्।  ‘कर्मनासा खोला र गोदावरी खोलाले विध्वंस मच्चाउँदा ५ सय घर डुबानमा परेको छ’, उनले भने।  राजधानीसँग जोडिएको भएर पनि अझै उद्धार हुन नसक्दा केही घाइते अलपत्र अवस्थामा रहेको महांकाल गाउँपालिकाका अध्यक्ष गणेश केसीले बताए।

उनका अनुसार सञ्चार सम्पर्क विच्छेद हुँदा भौतिक र मानवीय क्षतिको एकीन  विवरण नै आएको छैन।‘अहिलेसम्म पालिकाभरि १२ जनाको मृत्यु भएको सूचना आएको छ’, उनले भने, ‘केही पुरिएको खबर आएको छ। मानिस सम्पर्कविहीन छन्।’सो पालिकामा प्रहरी चौकी नै बगाएको छ। यस्तै, कोन्ज्योसोम गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ।

पालिका अध्यक्ष कृष्णमान लामाका अनुसार २०३८ सालपछिको सबैभन्दा ठूलो क्षति भएको छ।‘खोला किनाराका कुनै बस्ती सद्दे छैनन्’, लामाले भने, ‘स्थिति भयावह छ। एकीन तथ्यांक संकलन गर्न सञ्चार र सडक सम्पर्क विच्छेद छ।’वर्षापछिको बाढी र पहिरोले दर्दनाक अवस्था भएपछि पालिका जान खोजे पनि सडकमार्ग नै क्षतिग्रस्त भएपछि जान नसकेको उनी बताउँछन्।

यसैगरी जिल्लाकै बागमती गाउँपालिकामा पहिरोमा परेर एक जनाको मृत्यु भएको छ।भौतिक संरचनामा व्यापक क्षति भएको पालिका अध्यक्ष वीरबहादुर लामा बताउँछन्।पालिकाका सबै वडासँग सडक सञ्जाल विच्छेद भएको उनले बताए। काठमाडौं र मकवानपुर जोड्ने दुईवटै पक्की पुल बागमती र खानीखोलाले बगाएको छ। दुईदिनदेखि सञ्चार सम्पर्क पनि विच्छेद भएको छ।कुलेखानीको ड्यामका ढोका खोलिएपछि बागमतीमा व्यापक बाढी आएको र त्यसले सयौँ बिघा जमिन बगाएको लामाले बताए।

‘सडकको ट्रयाक नै बगायो, कान्तिलोकपथ पूरै अवरुद्ध हुँदा मकवानपुर र ललितपुर तथा काठमाडौं आउने सबै सडक ठप्प छ’, लामाले भने, ‘पालिकाभरि खानेपानी पाइप पहिरो र खोलाले बगाउँदा खानेपानीको हाहाकार हुन थालिसक्यो।’

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्