Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

बाल मन्दिर जग्गा भाडा अनियमितता प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता

काठमाडौं, २५ बैशाख । काठमाण्डौको नक्सालमा रहेको नेपाल बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा भाडा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ ।

जिल्ला सरकारी वकिलको कार्यालयले बाल सङ्गठनकी तत्कालीन अध्यक्ष रीतासिंह वैद्य, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, महासचिव गणेशभक्त श्रेष्ठ, सदस्य कृष्णशंकर साहलाइ विपक्षी बनाएर मुद्दा दर्ता गरेको हो ।

त्यस्तै श्यामकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी गुरुङ कोने र योगेन्द्रबहादुर शाहीविरुद्ध पनि मुद्दा दायर भएको छ ।

दीपकदास श्रेष्ठ, वृहस्पती विद्या सदनका सञ्चालक प्रवीणराज जोशी, मुरारी निधि तिवारी, पुरुषोत्तमराज जोशी, श्रद्धा संघाई, अभिनव सिंघानिया, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेयलाई पनि विपक्षी बनाइएको छ । उनीहरूसँग ६० करोड ३९ लाख रुपैयाँ मागदाबीसहित मुद्दा दर्ता भएको हो ।

यसअघि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले अनुसन्धान सकेर माघ दोस्रो हप्ता जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल पेश गरेको थियो । तर जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा चलाउन नपर्ने निर्णयसहित महान्यायाधिवक्ताको कार्यालयमा पत्र पठाएको थियो ।

महान्यायधिवक्ता कार्यालयले फाइल अध्ययन गरेर मुद्दा चलाउने निर्णय गरेपछि हिजो जिल्ला अदालत काठमाण्डौमा मुद्दा दर्ता भएको हो ।

यो प्रकरणमा नाम जोडिएका चिरञ्जीवी तिवारी, बाल मन्दिरका तत्कालीन कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ र उपमहासचिव सुमन श्रेष्ठको भने निधन भइसकेको छ ।

अनाथ बालबालिकाको हितका लागि सरकारले भोगाधिकारसम्मको लागि प्रदान गरेको जग्गालाई व्यक्तिगत निजी सरह बिनाप्रतिस्पर्धा पूर्वाधार निर्माणमा निजी लगानी सम्बन्धी ऐन समेतका तत्काल प्रचलित कानूनको प्रतिकुल हुने गरी वर्षौंसम्मको लागि सम्झौता गरी दिएको अभियोग छ ।

२०२१ सालमा स्थापना भएको बाल सङ्गठनलाई तत्कालीन सरकारले काठमाण्डौको नक्सालमा रहेको १०२ रोपनी जग्गा र सीता महलसमेत नेपाल बाल सङ्गठन सञ्चालनको लागि प्रदान गरेको थियो ।

त्यही जग्गामध्येको २९ रोपनी जग्गा बाल सङ्गठनले पटक–पटक बृहस्पति स्कुललाई भाडामा दिएको र भाडामा दिँदा कुनै पनि ठेक्का नगराइ एकलौटी रूपमा सम्झौता गरेको आरोप छ ।

मिलेमतोमा अपचलन गरी व्यापारिक समूहलाई लाभ हुने र सरकारलाई नोक्सान हुने गरी लिजमा लगाइएको उजुरी परेपछि सीआईबीले अनुसन्धान गरेको हो ।

 

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्