Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

ब्राजिली स्टार भिनिसियसको पुतला झुन्ड्याएका एट्लेटिकोका चार समर्थकलाई जेल सजाय

ब्राजिली स्टार भिनिसियस जुनियरको पुतला पुलमा झुन्ड्याएका एट्लेटिको मड्रिडका चार समर्थकलाई स्पेनको एक अदालतले जेल सजाय सुनाएको छ।

स्पेनी प्रहरीका अनुसार यो जातीय घृणासम्बन्धी अपराध हो। जनवरी २०२३ मा रियल मड्रिड र एट्लेटिकोबीचको खेलअगाडि मड्रिडको प्रशिक्षण मैदाननजिकको पुलमा भिनिसियसको जर्सी लगाएको कालो छालाको पुतला घाँटीमा पासो लगाएर झुन्ड्याइएको थियो।

मे २०२३ मा प्रहरीले एट्लेटिकोको अल्ट्रा समूह फ्रेन्टे एट्लेटिकोका चार सदस्यलाई उक्त घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेको थियो। ती चारजनाले आफ्नो दोष स्वीकार गरेका छन्।

तीमध्ये तीन जनालाई १४ महिनाको सजाय सुनाइएको छ। घटनाको फोटोरभिडियो अनलाइन सेयर गर्ने एक जनालाई २२ महिनाको सजाय दिइएको छ। स्पेनी कानुनअनुसार यदि आपराधिक इतिहास छैन र हिंसात्मक नभए दुई वर्षभन्दा कम सजाय पाएका दोषी जेल जानु पर्दैन। यसैअनुसार ती चारजना जेल जानु पर्ने छैनन्।

 

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्