Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

मलाई यो सरकारप्रति विश्वास छैन, अलर्ट भएर रहनुहोला – रवि लामिछाने

काठमाडौं । सहकारी बचत अपचलनको आरोपमा पार्टी सभापति रवि लामिछाने पक्राउ पर्न सक्ने भन्दै आइतबार साँझ रास्वपा पार्टी कार्यालयमा कार्यकर्ताको भिड लागेको थियो। त्यस अगावै ठूलो संख्यामा प्रहरी पुगेका थिए। लगत्तै पार्टीका पार्टीका नेता/कार्यकर्तालाई पार्टी कार्यालयमा आउन सामाजिक सञ्जालमार्फत निर्देशन दिइएको थियो। उपत्यकामा रहेका पार्टीका अधिकांश नेता र कार्यकर्ता पार्टी कार्यालय पुगेका थिए।

सहकारीको बचत रकम अपचलन संसदीय छानबिन समितिले गोर्खा मिडिया प्रालि मार्फत सहकारीको रकम अपचलन गरेको भन्दै छविलाल जोशी, जीबी राई, कुमार रम्तेल र रास्वपा सभापति लामिछानेलाई प्रचलित कानुन बमोजिम कारबाही गर्न सिफारिस गरेको थियो। आइतबार छविलाल पक्राउ लगत्तै सभापति लामिछाने पनि पक्राउ पर्ने आशंका गरिएको थियो।

पार्टी कार्यालयमा नेता/कार्यकर्ताले सरकारविरुद्ध चर्को नारावाजी गरेका थिए। त्यस बेला नेता/कार्यकर्ता तनावमा देखिन्थे ।पार्टी कार्यालयमा उपस्थित नेता/कार्यकर्तालाई सम्बोधन गरेर राती १० बजेतिर लामिछाने गाडी चढेर निस्केका थिए। त्यसअघि सम्वोधनका क्रममा लामिछानेले सरकारप्रति विश्वास नरहेको भन्दै आफूमाथि सरकारले जे पनि गर्न सक्ने धारणा राखेका थिए। ‘मलाई यो सरकारप्रति विश्वास छैन,’ लामिछानेले भने,‘तयार भएर रहनुहोला। अलर्ट भएर रहनुहोला।’

लामिछानेको यस्तो अपिलमा कार्यकर्ताले चर्को हुटिङ र सरकारविरुद्ध नारावाजी गरेका थिए। लामिछाने पार्टी कार्यालयमा रहेको घण्टी बजाउँदै कार्यालयको भुइँतला झरेका थिए। ‘म अभिमन्यु होइन, यो चक्रबाट निस्कन पनि आउँछ,’ लामिछानेले सम्बोधनमा भने,‘म भागेको छैन, लुकेको छैन। जुन ट्रायल म माथि गर्न खोजियो, मैले बुझेको छैन।’ पुराना दलले आफू एक व्यक्तिलाई तर्साउन खोजेको लामिछानेले आरोप लगाए। ‘कसैको राजनीति बचाइदिन मैले बलि चढिदिनुपर्ने ?’ उनको आक्रोश थियो– यो ट्रायल गरेर मलाई तर्साउन सक्नुहुन्न। सक्दै सक्नुहुन्न।’

सरकारले षड्यन्त्रपूर्वक आफूलाई पक्राउ गर्न सक्ने भन्दै लामिछानेले हरतवरले आफू लड्न तयार रहेको चेतावनी पनि दिए। ‘कानुनी रूपमा, राजनीतिक रुपमा सत्यका लागि लड्नका लागि तयार भएर बसेको छु,’ उनले भने। त्यसअघि लामिछानेले पार्टीका नेताहरूसँग परामर्श गरेका थिए।

पार्टी कार्यालयमा नेता/कार्यकर्ताले सरकारविरुद्ध चर्को नारावाजी गरेका थिए। त्यस बेला नेता/कार्यकर्ता तनावमा देखिन्थे। नेता/कार्यकर्ताले लामिछाने चढेको गाडीलाई कडा सुरक्षा दिएर पार्टी कार्यालय बाहिर निकालेका थिए। त्यस बेलासम्म प्रहरी भने पछि हटिसकेको थियो।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्