Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

मेडिसिटी अस्पतालको चरम लापरवाही : बिरामीको ज्यान पनि गयो, मृगौला पनि ‘गायब’

काठमाडौं । ललितपुरको भैंसेपाटीस्थित मेडिसिटी अस्पतालको चरम लापरवाही बाहिरिएको छ । उपचारका लागि ल्याएको बिरामी निको बनाउनुको सट्टा अस्पतालले बिरामीको मृगौला नै ‘गायव’ पारिदिएको भन्दै अहिले परिवार र आफन्त आन्दोलनमा उत्रिएका छन् ।

इलामका ३८ वर्षीय सरोज सुब्बाको असोज ६ गते मेडिसिटी अस्पतालमा मृगौला प्रत्यारोपण गरिएको थियो । मृगौला प्रत्यारोपणको केहि दिनपछि अस्पतालले बिरामीलाई डिस्चार्ज गरेको सरोजका ज्वाई कुमार राईले जानकारी दिए । तर डिस्चार्ज भएर घर पुगेको केहि दिनमै स्वास्थ्यमा समस्या आएपछि फेरि अस्पताल ल्याएर भर्ना गरिएको राईले जानकारी दिए । स्वास्थ्यमा पुनः समस्या आएपछि कार्तिक २१ गते अस्पतालले मिर्गौलामा इन्फेक्सन भएको भन्दै मृगौला निकादिएको जानकारी दिंदै कुमारले भने, ‘मृगौला निकालेको भोलिपल्ट नै बिरामीको मृत्यु भयो ।’

‘फलोअप’ का लागि भर्ना भएको बिरामीको ज्यानै गएपछि अहिले परिवार र आफन्त अस्पतालले लापरवाही गरेको भन्दै आन्दोलनमा उत्रिएका छन् । आन्दोलित आफन्तले अस्पतालले मृत्युअघि बिरामीको मृगौला गायब पारिदिएको आरोप लगाएका छन् । अस्पतालले भने परीक्षणका लागि मृगौला झिकिएको र त्यसलाई फेरि राख्नु अगाडि नै बिरामीको मृत्यु भएको जिकिर गरिरहेको छ ।

मृत्तक सुब्बाले कार्तिक ६ गते सोही अस्पतालमा २१ वर्षीया भतिजी प्रतिमा सुब्बाको मृगौला प्रत्यारोपण गराएका थिए । सुब्बा २१ गते फलोअपका लागि अस्पताल भर्ना भए, तर अस्पताल भर्ना भएकै दिन मृगौला गायब पारिएको र त्यसको दुई दिनपछि मात्र उनको मृत्यु भएको ज्वाईं कुमार राई बताउँछन् । उनले मृत्यु भएपछि मात्रै आफूहरुले बिरामीको शरीरमा मृगौला नभएको थाहा पाएको उनले बताए ।

अस्पतालले बिरामीका आफन्तलाई कुनै जानकारी नै नदिइ अस्पतालले आफूखुशी मृगौला झिकिदिएको उनको भनाइ छ । उनले सुनाए, ‘फलोअपमा जाँदा अस्पतालले बिरामीको मृगौला नै झिकेको रहेछ । हामीले बिरामीको मृत्यु भएपछि मात्रै मृगौला झिकिएको थाहा पाएका हौं ।’

कात्तिक २१ मा अस्पताल पुगेका सुब्बालाई पूरै शरीरमा इन्फेक्सन भएको भनेर इमरजेन्सीमा भर्ना गरियो । केही वर्षअघि सामान्य दुर्घटनामा परेपछि असहज महसुस गरेका सुब्बा मेडिसिटी अस्पताल गएका थिए । जाँचका क्रममा अस्पतालले मृगौलामा समस्या रहेको रिपोर्ट दियो । त्यसपछि ६ महिनासम्म डाइलाइसिस गर्नुपर्ने बतायो ।

६ महिना डाइलासिस गरेपछि पनि सरोजको को स्वास्थ्यमा सुधार भएन । यसपछि अस्पतालले मृगौला नै प्रत्यारोपण गर्नुपर्ने भन्दै मान्छे खोज्न लगाएको राईले जानकारी दिए । त्यसपछि सुब्बाकी भतिजीले आफ्नो मृगौला दिएकी थिइन् । गत कात्तिक २३ गते सुब्बाको मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएपछि आफन्तहरु भेला हुँदा मृत्तकको मृगौला नै गायब पारिएको थाहा भएको राईले बताएका छन् । उनले भने, ‘बिरामीको रिपोर्ट हेर्दा मृगौला नै । यसबारे हामीले अस्पताललाई सोध्दा झिकेर चेक गर्न पठाएको बताए । हामीले किड्नी खोज्यौं, तर अस्पतालले ‘कहाँ प-यो प-यो’ भनेर गैरजिम्मेवार जवाफ दियो ।’

सुब्बाको उपचारका लागि २६ लाख खर्च भइसकेको जानकारी दिंदै उनले भने, ‘यत्रो रकम खर्च गर्दा पनि अस्पतालको लापरवाहीले बिरामीको ज्यान गएको छ । न्याय नपाएसम्म आन्दोलन गर्छौ, शव उठाउँदैनौं । मृत्तक सुब्बाको अव १५ दिनदेखि अस्पतालमै छ । खेतीपातीबाट जीवन चलाउँदै आएका सुब्बाको श्रीमती र १२ र सात वर्षको दुई छोरा रहेको जानकारी दिंदै राईले भने, ‘अस्पतालले उपचारको बिलमा छुट दिने भन्दै आफ्नो लापरवाही ढाकछोप गर्न खोजेको राई बताउँछन् ।

अस्पतालको हेल्चेक्र्याईले बिरामीको ज्यान गएका कारण मृत्तकको काजकिरियाका लागि पाँच लाख नगद र छोराहरुको शिक्षाका लागि अस्पतालले व्यवस्था गरि दिनुपर्ने आफूहरुको माग रहेको राई बताउँछन् । उनले भने, ‘अस्पतालले हाम्रो माग पुरा नगरेसम्म शव उठाउँदैनौं, आन्दोलन जारी राख्छौं ।’ राईले घटनाका विषयमा ललितपुर प्रहरीमा जाहेरी दिन खोज्दा लिन नमानेको समेत गुनासो गरे । उनले सुनाए, ‘जिल्ला प्रहरी कार्यालय ललितपुरमा जाहेरी दिन गएका थियौं, तर प्रहरीले जाहेरी लिनै मानेन । हामीमाथि अन्यायमाथि अन्याय भयो ।’

तर जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले भने जाहेरी लिन नमानेको भन्ने सत्य नभएको बताउँछन् । अहिलेसम्म आफूहरुकहाँ जाहेरी नै नआएको बताउँदै भने, ‘जाहेरी पर्नासाथ आवश्यक अनुसन्धानको प्रक्रिया अगाडि बढाउँछौं ।’ मृत्तकका आफन्त कार्तिक २३ गतेदेखि अस्पतालको लापरवाहीको विरोधमा आन्दोलन गरिरहेका छन् ।

के भन्छ अस्पताल प्रशासन ?
मेडिसिटी अस्प्तालले भने बिरामीको उपचारमा कुनै लापरवाही नभएको दावी गरेको छ । अस्पतालका सूचना अधिकृत डा.राजु राना सबै प्रक्रिया अनुसार नै सुब्बाको उपचार गराएको र पूर्ण निको भएपछि मात्र अस्पतालले डिस्चार्ज गरेर घर पठाएको दाबी गर्छन् ।

यदि अस्पतालले उपचारमा कुनै गल्ती गरेको भएर मृतक पक्षले नेपाल मेडिकल काउन्सिलमा उजुरी दिन सक्ने व्यवस्था रहेको समेत उनले बताए । कानुनी प्रक्रिया हुँदाहुँदै मृतकका आफ्न्त क्षतिपूर्तिको माग राख्दै आन्दोलनमा उत्रिएर बिरामी, एम्बुलेन्स आवत जावतमा समस्या निम्त्याएको डा. रानाको भनाइ छ । डा. रानाका अनुसार इन्फेक्सन शरीरभरी फैलिसकेपछि परिवारको सल्लाहमा नै मृतकको प्रत्यारोपण गरेको मृर्गौला झिकेर वायप्सीको लागि पठाइएको हो ।

इन्फेक्सन शरीरभरी फैलिसकेकाले निमोनिया भएर सुब्बाको मृत्यु भएको डा.रानाको दावी छ । ‘मृत्तकका आफन्तालाई कानुनी प्रक्रियामा जानुस्, सहयोग गर्छौ भन्दा पनि आन्दोलन गरिरहेको बताउँदै डा. रानाले भने, ‘मृत्तक परिवारलाई हामीले के आधारमा क्षतिपूर्ति दिने ?’ उनले अस्पतालले मृगौला गायव पारेको नभई जाँचका लागि निकालिएको बताए ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्