‘द भ्वाइस अफ किड्स’ सिजन ४ की फाइनलिष्ट गायिका दिलिजा रुवालीको स्वरमा रहेको नयाँ गीत ‘मेरा भगवान’ को भिडियो सार्वजनिक भएको छ।
पद्मा लिंखा मगरले लेखेको र सुरेश बानियाँको संगीत तथा एरेन्ज रहेको यस गीतमा मातृमायालाई मार्मिक ढङ्गले उतारिएको छ। जन्मदिने आमाको स्नेह, माया र त्यागको भावलाई गीतले उत्कृष्टरूपमा प्रस्तुत गरेको छ।
जन्मदेखि नै आमा पहिलो गुरु, आदर्श र संस्कार दिने व्यक्ति भएकाले आमाको निस्वार्थ प्रेमले संतानको व्यक्तित्व निर्माणमा प्रभाव पार्छ भन्ने भावलाई गीतले चित्रण गरेको छ। यस गीतमा आमाप्रति सम्मान र श्रद्धा प्रकट गरिएको छ।
भिडियोमा दिलिजा रुवाली, दिपेन्द्र तिमिल्सिना, टिका सानु र सुरेश बानियाँले अभिनय गरेका छन् भने सुनिल भण्डारीले छायाँकन, नविन घर्ती मगरले सम्पादन र चित्रा मास्की मगरले निर्देशन गरेका छन्।


