Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा टोलटोलमा स्वास्थ्य परीक्षण सेवा विस्तार

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले स्वास्थ्य सेवा पहुँच विस्तार गर्दै प्रत्येक टोलमा पुगेर सर्वसाधारणको स्वास्थ्य परीक्षण गर्ने कार्यक्रम सञ्चालन गरेको छ।

स्वास्थ्यचौकी तथा सामुदायिक स्वास्थ्य एकाइ नभएका टोलहरूमा स्वास्थ्यकर्मीहरू खटाइ रोग पहिचानका लागि परीक्षण गरिरहेका छन्। गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख समुन्द्र बरुवालले मासिक रूपमा स्वास्थ्यकर्मीहरू टोलमै पुगेर सुगर र प्रेसर जाँच गर्दै आएको जानकारी दिए।

बरुवालका अनुसार ज्येष्ठ नागरिक, बालबालिका तथा विपन्न समुदायलाई लक्षित गर्दै टोलमै स्वास्थ्य परीक्षणको व्यवस्था गरिएको हो। रोगको पहिचान र उपचारको पहुँच विस्तार गर्न यो कार्यक्रम प्रभावकारी भएको उनको भनाइ छ।

गत आर्थिक वर्षमा एक हजार दुई सय जनाले यो सेवाबाट लाभ उठाएको गाउँपालिकाले जनाएको छ। कार्यक्रम सफल भएपछि यस वर्ष पनि आवश्यक सामग्रीसहित स्वास्थ्यकर्मीहरू टोलटोलमा परिचालित गरिएको बरुवालले बताए।

स्वास्थ्यकर्मीहरूले औषधिसहित टोलमा पुगेर परामर्श र निशुल्क औषधि वितरण गर्छन्। परीक्षणमा समस्या देखिएमा अस्पतालमा उपचारका लागि सिफारिस गरिन्छ। साथै, उनीहरूले बालबालिकालाई खोप, गर्भवती र नवजात शिशुको तौलसमेत लिने गरेका छन्।

टोलमै सेवा उपलब्ध हुँदा समय बचत हुनुका साथै उपचार पहुँच सहज भएको अन्नपूर्ण–५, स्वाँतकी वीनाकुमारी तिलिजाले बताइन्। गाउँपालिकामा आठ स्वास्थ्यचौकी, छ सामुदायिक स्वास्थ्य एकाइ तथा एक आयुर्वेद स्वास्थ्य केन्द्र दानामा सञ्चालनमा छन्।

छरिएका बस्तीहरूमा स्वास्थ्य सेवा पुगाउन घण्टौँ हिँड्नुपर्ने भएकाले टोलमा स्वास्थ्यकर्मी परिचालन गरिएको गाउँपालिका अध्यक्ष भरतकुमार पुनले जानकारी दिए। निर्धारित समयमा गर्भ परीक्षण तथा संस्थागत प्रसूति गराउनेलाई घरमै पुगेर भाले उपहारसमेत दिने गरिएको छ।

अन्नपूर्ण गाउँपालिकामा घरमै प्रसूति हुनेको संख्या लगातार दोस्रो वर्ष शून्य रहेको छ। आर्थिक वर्ष २०८१–८२ मा ७९ र २०८०–८१ मा ९१ जनाले सुरक्षित प्रसूति सेवा लिएका छन्।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्