Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

‘रावायण’ नचलेको तनावबीच ‘कल्ली’बाट निकालिए पल शाह

काठमाडौं । फिल्म ‘रावायण’ व्यापारिक रूपमा असफल भएसँगै अभिनेता पल शाहको करिअरमा संकटको संकेत देखिएको छ । आफू मुख्य कलाकार रहेको फिल्म असफल भएको तनावका बीच उनी सम्झौता भइसकेको फिल्मबाट निकालिएका छन् । फिल्म ‘कल्ली’को निर्माण पक्षले पलसँगको सम्झौता एकतर्फी रूपमा तोडेको हो ।

अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहने फिल्मका लागि प्रमुख कलाकारकै रूपमा पलसँग निर्माण टिमले सम्झौता गरेको थियो । ‘रावायण’ पछि पलको अर्को प्रोजेक्टका रूपमा ‘कल्ली’ पाइपलाइनमा थियो ।

तर, अहिले एड्भान्स पनि माया मारेर निर्माण पक्षले पलसँगको सम्झौता तोडेको हो । फिल्मबाट निकालिएको कुरा निर्माताले सिधै पललाई नदिएर उनका सहयोगीमार्फत जानकारी गराएको बुझिएको छ । यसबारे पलले निर्मातालाई प्रतिक्रिया दिएका छैनन् ।

पलको ठाउँमा ‘कल्ली’मा सैगात मल्लको प्रवेश भएको छ । फिल्म ‘कल्ली’का निर्देशक लक्ष्मण सुनारले पललाई हटाएको पुष्टि गरे । यद्यपि, यसको कारणबारे भने उनले स्पष्ट बताएनन् ।

दक्षिण भारतीय सिनेमाको स्वाद दिन खोजिएको फिल्म ‘रावायण’ले दर्शकलाई तान्न सकेन । फिल्म प्रदर्शनमा आउनुअघि निर्मात्री एवम् अभिनेत्री पूजा शर्माले दिएका अभिव्यक्तिले पनि व्यापारमा प्रभाव पारेको अनुमान गरिएको छ । नाबालिक बलात्कार मुद्दामा जेल परेका पल उच्च अदालतबाट सफाइ पाएसँगै छुटेका थिए । यद्यपि, यो मुद्दा सर्वोच्च अदालतमा विचारधीन छ । यसबारे पलले भन्दा ज्यादा पूजाले चासो लिएर पीडितलाई गलत देखाउन बारम्बार अभिव्यक्ति दिएपछि चौतर्फी आलोचना भएको थियो ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्