प्रधानमन्त्री सुशीला कार्की राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको अवसरमा आज राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको जलपान कार्यक्रममा उपस्थित भएकी छिन्।
भृकुटीमण्डपमा आयोजना गरिएको उक्त कार्यक्रममा प्रधानमन्त्री कार्कीलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्गदेनसहित अन्य नेताहरूले स्वागत गरेका थिए।
कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल, विभिन्न दलका नेता, नेपालमा रहेका विभिन्न कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि र समाजका विभिन्न क्षेत्रका अगुवा उपस्थित थिए।


