Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

रास्वपाले बालेन साह प्रधानमन्त्रीको उम्मेदवार– बाहिर छलफल केवल अफवाहः सांसद पाण्डे

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित सांसद राजु पाण्डेले बालेन्द्र साहलाई प्रधानमन्त्री बनाउने विषयमा उठिरहेका आशंका र अफवाहलाई खारेज गरेका छन्। मंगलबार सञ्चारकर्मीसँग कुरा गर्दै पाण्डेले पार्टीको आधिकारिक धारणा बालेन साहको पक्षमा रहेको स्पष्ट गरे।

पाण्डेले भने, ‘रास्वपाको तर्फबाट प्रधानमन्त्रीको उम्मेदवार बालेन साह नै हुनुहुन्छ, यस विषयमा कुनै द्विविधा छैन।’ जनमत र पार्टीको आधिकारिक निर्णय अनुसार अन्य कुनै अनावश्यक चर्चा जनताले स्वीकार नगर्ने उनको भनाइ छ।

सांसद पाण्डेले पार्टीका कुनै पदाधिकारी या सदस्यले पार्टीको आधिकारिक लाइनभन्दा बाहिर गएर सार्वजनिक रुपमा बोल्न नपाउने नियम भएको उल्लेख गरे।

पार्टी सभापति वा उपसभापतिले बालेन साहको विकल्पबारे कुनै अभिव्यक्ति नदिएको अवस्थामा बाहिर चलिरहेका अफवाह आधारहीन रहेको पाण्डेले दोहो¥याए।

उनले आग्रह गर्दै भने, ‘पार्टीको नीति र निर्देशनको खिलाफमा व्यक्तिगत टिप्पणी मिडियामा गर्नुभएन। संयमित भएर संवाद गर्नु पार्टी सुशासनको अंग हो।’

सुशासनको सवालमा कर्मचारीतन्त्रको कार्यशैली पनि आमूल परिवर्तन आवश्यक रहेको पाण्डेले बताए। केवल राजनेता मात्रै होइन, प्रशासनिक संरचनामा सुधार जरुरी रहेको उनको धारणा छ।

पाण्डेले देशमा व्यक्तिहरू मात्र होइन, प्रवृत्तिमा पनि आमूल सुधारको आवश्यकता रहेको स्पष्ट गरे।

उनले थपे, ‘नागरिकले सरकारी कार्यालयमा सुशासन अनुभव गर्नुपर्छ। अब हामी नीतिगत सुधार र सुशासनका लागि दृढ ढंगले अघि बढ्नेछौं।’

पाण्डेले पुरानो कार्यशैलीमा सुधार नआएसम्म रास्वपाले चाहेको सुशासन हासिल गर्न नसकिनेमा जोड दिए।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्