Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

रुसमा दोस्रो पुल ध्वस्त पारेको युक्रेनको दाबी

युक्रेनले रुसको कुर्स्क क्षेत्रमा दोस्रो रणनीतिक पुल ध्वस्त पारेको जानकारी गराएको छ । युक्रेनी सेनाले एउटा भिडियो सार्वजनिक गर्दै पुल ध्वस्त बनाएको जानकारी दिएको बीबीसीले जनाएको छ । सार्वजनिक भिडियोमा विस्फोटबाट एउटा पुल क्षतिग्रस्त भएको देखिन्छ ।

युक्रेनी सेनाले त्यो पुल ज्भानोईको सेयम नदीमा बनेको दाबी गरेको छ । यसअघि युक्रेनले सेयम नदीमा बनेको अर्को पुल पनि ध्वस्त बनाएको थियो । युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसी आक्रमणलाई विफल पार्न बफर जोन निर्माण गर्ने क्रममा पुल ध्वस्त पारेको उल्लेख गर्नुभएको छ ।

सन् २०२२ मा रुसले युक्रेनमाथि सैन्य कारबाही शुरु गरेपछि रक्षात्मक रहेको युक्रेनले पछिल्लो दुई हप्तादेखि आक्रमक रुपमा प्रत्याक्रमण गरिरहेको छ । युक्रेनी सेनाले कुर्स्क क्षेत्रका थुप्रै बस्तीहरु कब्जामा लिएको छ । रुसले त्यो क्षेत्रका बासिन्दाको उद्धार गरिरहेको छ ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्