Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

ललितपुरमा बिजुलीको पोल ढलेर लाग्दा एक जनाको मृत्यु

ललितपुर । ललितपुरमा बाटो बनाउने क्रममा पोल ढलेर लाग्दा एक जनाको मृत्यु भएको छ। गोदावरी नगरपालिका–१४ मा बाटो चौडा गर्ने क्रममा बिजुलीको पोल ढलेर लाग्दा स्थानीय रमेश खड्गीको मृत्यु भएको प्रहरीले जनाएको छ। ठैबबाट सानागाउँ जाने बाटो बनाउँदा स्काभेटरले पोल उठाउँदा सो पोलले लागेर ५५ बर्षीय खड्गीको मृत्यु भएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एवं प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए। उनका अनुसार घटनाको विरोधमा सातदोबाटोबाट गोदावरी जाने बाटो स्थानीयले अवरुद्ध पारेका छन्।

प्रहरीले जेसीबीका चालकलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको जानकारी जोशीले दिए। प्र . ३–०१ ००३ क ६७४२ नम्बरको जेसिपिले विद्युत्को पोल अडाउने र सार्ने काम गर्ने क्रममा ढलेको थियो। खड्गी बाटो ममर्तको काम छेउमै उभिएर हेरिरहेका थिए। सो क्रममा विद्युत्को पोल ढलेर लाग्दा गम्भीर घाइते भएका थिए। उनलाई अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्