Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

लुम्बिनी लायन्सको ऐतिहासिक जित, एनपीएल उपाधि र नगद पुरस्कार हात पार्‍यो

गत सिजनमा अपेक्षाकृत कमजोर प्रदर्शन गरेको लुम्बिनी लायन्सले, यो सिजनमा पहिलो चार खेलमा मात्र एक जित निकाल्दै पुन कमजोर छवि बनाएको थियो। रोहित पौडेलको कप्तानीमा रहेको टोलीले तीन हार र एक जितको नतिजा सामना गर्दा समर्थकहरू निराश थिए। तर पाँचौं खेलदेखि टोलीले जितको लय समाउँदै अन्ततः उपाधि उचाल्न सफल भयो।

फाइनलमा लुम्बिनीले दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिम रोयल्सलाई सामना गर्‍यो। हराउन चुनौतीपूर्ण देखिएको सुदूरपश्चिममाथि लुम्बिनीले उत्कृष्ट प्रदर्शन गर्‍यो र ६ विकेटले सहज जित हात पार्दै च्याम्पियन बन्यो। आफ्नो बलिङमार्फतै प्रतिस्पर्धालाई एकतर्फी बनाएर लुम्बिनीले सुरुआतमै सुदूरपश्चिमको ब्याटिङ लाइन ध्वस्त पार्‍यो।

लुम्बिनीका कप्तान रोहित पौडेलले ह्याट्रिक गरेका थिए भने सुदूरपश्चिमका ओपनर ईशान पाण्डेले ३३ रन जोड्दा टोलीको स्कोर ८५ रनमा सीमित भयो। अन्य ब्याट्सम्यानले साथ नदिँदा स्कोर कममै रोकियो। ईशान आठौं विकेटका रूपमा आउट भए।

बलिङमा लुम्बिनीका रोहित, शेर मल्ल र ट्रम्पलमेनले समान ३÷३ विकेट लिए भने तिलक भण्डारीले १ विकेट हात पार्‍यो। ट्रम्पलमेनले २.१ ओभरमा केवल ३ रन खर्चचि उत्कृष्ट बलिङ गरे। उनले पहिलो ओभरमै विनोद भण्डारीलाई आउट गर्दै दबाब सिर्जना गरेका थिए।

लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले ९ ओभरमा ४ विकेट गुमाउँदा ओपनर दिनेश अधिकारीले सजिलो जित दिलाउँदैं सर्वाधिक ४२ रन जोडे। डीआरसी शर्टले १४ रन, कप्तान रोहितले १६ रन बनाउँदा अन्य नटआउट रहिन्। सुदूरपश्चिमका हेमन्त धामीले २ विकेट लिए भने अविनाश बोहरा र दीपेन्द्र सिंह ऐरीले १÷१ विकेट निकाल्न सके।

पुरस्कारमा विजेता लुम्बिनी लायन्सले १ करोड १० लाख, सुदूरपश्चिम रोयल्सले ५१ लाख, विराटनगर किंग्सले २५ लाख र काठमाडौं गोर्खाजले १५ लाख नगद पुरस्कार पाए। कप्तान रोहित पौडेल ‘प्लेयर अफ द सिजन’ घोषित हुँदै कार प्राप्त गरे, उनले सिजनमा २७६ रन र १० विकेट लिए। शेर मल्ल ‘उदीयमान खेलाडी’ घोषित भएर बाइक जिते।

यस सिजनमा पोखरा एभेन्जर्सका एडाम रोसिंग्टनले सर्वाधिक ३२३ रन बनाउँदै चम्किए भने, सन्दीप लामिछाने, अविनाश बोहरा र शेर मल्लले समान १७ विकेट लिएर सिजनको उत्कृष्ट बलर बने। फाइनल तथा प्रतियोगिता ‘प्लेयर अफ द म्याच’ रुबेन ट्रम्पलमेनले होल प्रतियोगितामा १५ विकेट र ६५ रन जोडे। लगातार तीन हारपछि लुम्बिनीले छैटौं जित सहित ६ खेल जित्दै उपाधि उठायो।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्