Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

विश्वआदर्श कलेज टी–२० क्रिकेट सेमिफाइनलमा, महेन्द्र मोरङको सहज जित

इटहरीको विश्वआदर्श कलेजले जारी तेस्रो अन्तरकलेज टी–२० क्रिकेट प्रतियोगितामा सेमिफाइनलका लागि स्थान बनाएको छ। मंगलबार जनता क्रिकेट पार्कमा आयोजित खेलमा विश्वआदर्शले सुस्मा गोदावरी कलेजलाई १९३ रनको फराकिलो अन्तरमा पराजित गर्दै समूह ‘बी’ विजेता बन्न सफल भयो।

विश्वआदर्शले लगातार दोस्रो जित हासिल गर्दा प्रमुख भूमिका सकुशल श्रेष्ठले निर्वाह गरे। उनले ६२ बलमा १० छक्का र ६ चौका प्रहार गर्दै १२० रनको शानदार शतक बनाएका थिए। टस जितेर पहिले ब्याटिङ गरेको विश्वआदर्शले निर्धारित २० ओभरमा जम्मा ३ विकेट गुमाएर २३३ रन जोड्यो। रोशन खत्रीले ३९ तथा आकाश सर्राफले १४ रन बनाए। गोदावरीका रोशन पुरीले २ र सागर डोटेलले १ विकेट लिए। जवाफमा सुस्मा गोदावरी १३.२ ओभरमै ४० रनमा समेटिएको थियो। टोलीका तीन खेलाडीले रन खोल्न सकेनन् भने अन्यले दोहोरो अंक छुन सकेनन्।

प्रतियोगिताको अर्को खेलमा विराटनगरको महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसले पूर्वाञ्चल इन्जिनियरिङ कलेजलाई ६ विकेटले पराजित गरेको छ। टस जितेर पहिले ब्याटिङ गरेको पूर्वाञ्चल इन्जिनियरिङले १७ ओभरमा १२२ रनमा गुमायो। पूर्वाञ्चलका काशीराम सञ्जेलले ४९ रन र निसम कर्णले ११ रन जोडे। महेन्द्र मोरङका अखिलेश कोइरालाले ३ विकेट, प्रतीक पोखरेल, सन्दीप ढकाल र अटल शाहले समान २–२ विकेट ल्याए भने सागर मोचीले १ विकेट लिए।

महेन्द्र मोरङले १६.४ ओभरमा लक्ष्य पूरा गर्न सफल भयो। उसको लागि अटल शाहले ५२, सागरले ३५ र वियूष बस्नेतले १० रन बनाए। बलिङमा पूर्वाञ्चलका काशिराम, अजित अटल, रूपेश भट्टराई र ज्ञानेन्द्र यादवले समान १–१ विकेट लिए। उक्त खेलमा अटल शाह प्लेयर अफ द म्याच बन्न पुगे। समूह ‘डी’ मा रहेको महेन्द्र मोरङले टुंगो दुई अंक दर्ता गर्‍यो।

सुनसरी जिल्ला क्रिकेट संघ तथा क्लाउड एजुकेसन एन्ड भिसा सर्भिसको सहकार्यमा सञ्चालित प्रतियोगितामा कोशी प्रदेशका झापा, मोरङ र सुनसरीका १२ कलेजलाई चार समूहमा विभाजन गरी प्रतिस्पर्धा गराइएको छ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्