Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

वैशाखको तेस्रो साता बजेट अधिवेशन आह्वानको तयारी

काठमाडौं- हरेक आर्थिक बर्षको बजेट जेष्ठ १५ गते संघीय संसदमा प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ । यस बर्ष बजेट अधिवेशन सुरु गर्नुअघि नै केही कानूनहरु संशोधन गर्नुपर्ने भएपनि हिउँदे अधिवेशन प्रभावकारी हुन सकेन् ।

हिउँदे अधिवेशनलाइ प्रभावकारी बनाउन भन्दै अधिवेशनको सुरुमै संघीय संसदले कार्यतालिका सार्वजनिक गरेको थियो । तर कार्यतालिका बनाएपनि हिउँदे अधिवेशन प्रभावकारी हुन सकेन् । दलहरुबीचमा सहमती नजुट्दा बैशाखको दोस्रो साता नै हिउँदे अधिवेशन अन्त्य गरिएको थियो ।

तर जेष्ठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाका कारण अब बजेट अधिवेशन भने समयमै सुरु गर्नुपर्ने हुन्छ । बजेट प्रस्तुत हुनुअघि संसदमा राष्ट्रपतिले नीति तथा कार्यक्रम पेश गर्ने र त्यसमाथि छलफल गर्ने गरिन्छ ।

सांसदहरुले दिएको सुझावलाई समेत समेटेर तयार पारिएको नीति तथा कार्यक्रमका आधारमा बजेट प्रस्तुत गर्ने गरिन्छ । त्यसैले नीति तथा कार्यक्रममाथि छलफल गर्ने समय समेत राखेर बैशाखको तेस्रो साता बजेट अधिवेशन आव्ह्वानको तयारी भएको छ ।

बजेट अर्थात बर्खे अधिवेशन मुख्यतः बजेट निर्माणमा केन्द्रित हुन्छ । अधिवेशनमा सरकारले ल्याउने नीति तथा कार्यक्रम र बजेटमाथि गहन तथा विस्तृत छलफल गर्नुपर्ने मान्यता राखिन्छ ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्