Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

समानुपातिक सूचीमा कांग्रेसद्वारा प्रदेशगत र क्लस्टरअनुसार नेताको संख्या निर्धारण

नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि समानुपातिक बन्दसूचीमा समावेश हुने नेताहरूको संख्या प्रदेश र क्लस्टरका आधारमा तय गरेको छ। आइतबार पार्टीको कार्यसम्पादन समितिको बैठकमा कुन प्रदेशको कुन क्लस्टरबाट कति जनालाई सूचीकृत गर्ने भन्ने जिम्मेवारी नेताहरूलाई दिइएको थियो। लामो छलफलपछि आवश्यक नाम राख्ने विषयमा सहमति हासिल गरेको छ।

प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार कांग्रेसले कोशीबाट १९, मधेसबाट २१, बागमतीबाट २२, गण्डकीबाट ११, लुम्बिनीबाट १८, कर्णालीबाट ११ तथा सुदूरपश्चिमबाट १० जनालाई गरी कुल ११० जनाको नाम बन्दसूचीमा समेट्ने टुंगो लगाएको छ।

निर्वाचन आयोगले तोकेको आदिवासी/जनजाति, खस/आर्य, थारु, दलित, मधेसी तथा मुस्लिम गरी ६ वटा क्लस्टरअनुसार नै कांग्रेसले प्रदेशगत भागबण्डा मिलाएको छ।

कोशी प्रदेशमा आदिवासी/जनजाति ९, खस/आर्य ४, थारु १, मधेसी १, दलित २ र मुस्लिम २ जनालाई सूचीमा राख्ने निर्णय भएको छ।

मधेसमा आदिवासी/जनजाति १, खस/आर्य १, थारु १, दलित ४, मधेसी १२ र मुस्लिम २ जनासहित २१ जनालाई समावेश गरिनेछ।

बागमतीमा आदिवासी/जनजाति १२, खस/आर्य ८, दलित १ तथा मधेसी १ गरी २२ जनाको नाम सूचीमा राख्ने उल्लेख गरिएको छ। थारु र मुस्लिम क्लस्टरबाट यस प्रदेशमा नाम नराखिने निर्णय भएको छ।

गण्डकीमा आदिवासी/जनजाति ५, खस/आर्य ४ तथा दलित २ जनालाई सूचीकृत गरिनेछ। यहाँ थारु, मधेसी तथा मुस्लिम क्लस्टरलाई समावेश नगरिने सहमति बनेको छ।

लुम्बिनी प्रदेशमा ३ आदिवासी/जनजाति, ५ खस/आर्य, ३ दलित, ३ मधेसी, ३ थारु र १ मुस्लिम गरी कुल १८ जनाको नाम बन्दसूचीमा राख्ने तयारी छ।

कर्णालीमा आदिवासी/जनजाति २, खस/आर्य ६ र दलित २ जनालाई चयन गर्ने निर्णय भएको छ भने अन्य क्लस्टरका नाम नसमावेश गर्ने सहमति जुटेको छ।

सुदूरपश्चिममा ६ खस/आर्य, २ थारु र २ दलितलाई गरी १० जनाको नाम लिने भनिएको छ। यस प्रदेशमा अन्य क्लस्टरबाट कसैलाई चुनिने छैन।

यसरी जम्मा गर्दा आदिवासी/जनजाति ३२, खस/आर्य ३४, दलित १६, थारु ७, मुस्लिम ५ तथा मधेसी १६ जनाको नाम बन्दसूचीमा समावेश गरिने छ।

तयार भएको सूचीमा नाम टुंग्याउन सोमबार कांग्रेस कार्यसम्पादन समितिको बैठक सानेपामा जारी छ। सूची अनुसार नाम राखिसकेपछि ती नाम दिउँसो १ बजे निर्वाचन आयोगमा बुझाउने तयारी रहेको प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिएका छन्।

यसपटक कांग्रेसले विगतजस्तो संसदीय समिति नबनाई कार्यसम्पादन समितिलाई नै बन्दसूची टुंग्याउने अधिकार दिएको छ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्