Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

समावेशी गणतन्त्रको सपना अपूरो छ : प्रचण्ड

लमजुङ, ७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संघीय लोकतान्त्रिक गणतन्त्रको वर्तमान अवस्था त्याग र बलिदानको उपलब्धि भएको बताएका छन् ।

लमजुङको बेशिशहरमा नेपाल तामाङ घेदुङ जिल्ला समितिको आयोजनामा आयोजित तामाङ समुदायको सांस्कृतिक तथा संग्रहालय भवनको उद्घाटन समारोहमा भर्चुअल रूपमा प्रमुख अतिथिको रूपमा सहभागी हुँदै अध्यक्ष प्रचण्डले देश संघीय लोकतान्त्रिक गणतन्त्रमा गएपनि संविधानले सबै उत्पीडित वर्ग तथा समुदायलाई पूर्ण अधिकार दिन नसकेको समेत बताए ।

अध्यक्ष प्रचण्डले भने, “हामी अहिले जुन चौतारीमा आइपुगेका छौँ, त्यो त्याग र बलिदानको परिणाम हो। तर अझै पनि उत्पीडित वर्ग र समुदायले जुन अधिकार पाउनु पर्ने हो, त्यो हदसम्म पुग्न सकेका छैनौँ।”

उक्त भवन निर्माणका लागि माओवादी केन्द्रकी प्रतिनिधि सभा सदस्य उर्मिला माझीको पहलमा संघीय सरकारबाट बजेट विनियोजन गरिएको थियो।

अध्यक्ष प्रचण्डले संविधान बनाउँदा केही विषयमा सम्झौता गर्न बाध्य भए पनि उत्पीडित वर्गका मुद्दाहरूलाई संविधानसभामै ुरिजर्भेसनु, ुभिन्न मतु वा ुनोट अफ डिसेन्टु दर्ता गरिएको स्मरण गराउँदै अब ती मुद्दालाई फेरि अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

पछिल्लो कार्यकालमा सरकारको नेतृत्व सम्हाल्दासमेत सुशासन, सामाजिक न्याय र आर्थिक विकासका पक्षमा विशेष पहल लिएर काम गरेको उनले बताए। “त्यही जमर्कोका कारण प्रतिक्रियावादीहरू, पहिचान र अधिकार विरोधीहरूले हामीलाई सरकारबाट बाहिर जान बाध्य पारे,” उनले भने ।

पार्टी सरकार बाहिर भएपनि जनतासमक्ष विभिन्न अभियान मार्फत जोडिदै पुनः अभियानमार्फत सुशासन, पहिचान, अधिकार र समावेशीताका मुद्दालाई देशव्यापी रूपमा उठाउने तयारी भइरहेको उनले बताए।“अब छिट्टै, भदौको तेस्रो साताबाट हामीले त्यस अभियानलाई फेरि पूर्णता दिने तयारीमा छौँ,” उनले भने ।

तामाङ घेदुङलाई सांस्कृतिक पहिचान, अधिकार र संघर्षको साझा चौतारीका रूपमा उल्लेख गर्दै उनले उक्त संस्थाले गर्दै आएको प्रयासप्रति खुसी व्यक्त गरे ।

सो अवसरमा अध्यक्ष प्रचण्डले लमजुङको सांस्कृतिक तथा संग्रहालय भवन तामाङ समुदायको हक र पहिचानको सन्देश दिने एउटा बलियो प्रतीक बन्ने विश्वास व्यक्त गरे ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्