Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026
Date
शनि, जेष्ठ १६, २०८३
Sat, May 30, 2026

सरकारी र सरकारको स्वामित्वममा जागिर खाएका चुनाव लड्न नपाउने

काठमाडौं । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा सरकारी वा सरकारी स्वमित्वमा रहेको कार्यालयमा रोजगारी भएका विद्यार्थी उम्मेदवार हुन नपाउने व्यवस्था गरिएको छ ।
स्ववियु निर्वाचनको इतिहासमा त्रिविले गरेको यो निर्णय पहिलोपटक हो । त्रिभुवन विश्वविद्यालयले बिहीबार स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका २०८१ जारी गरी सो व्यवस्था गरेको हो । निर्देशिकाको दफा ६ को उपदफा ६ मा सरकारी निकाय तथा संस्थानमा स्थायी तथा करारमा कार्यरत विद्यार्थी स्ववियु निर्वाचनमा उम्मेदवार हुन बन्देज लगाएको हो । निर्देशिकामा २१ दिनअघि निर्वाचन तालिका सार्वजनिक गर्ने उल्लेख छ ।

निर्देशिकामा स्ववियु कार्यसमितिको संख्या तय गरेको छ । जसअनुसार २ सय जनासम्म विद्यार्थी भएमा ५ सदस्यीय, २०१ देखि एक हजारसम्म भएमा ७, १ हजार १ देखि ३ हजारसम्म ९, ३ हजार १ देखि ५ हजारसम्म ११ र ५ हजारदेखि माथि १३ सदस्यीय कार्य समिति हुने छ । निर्वाचनमा अध्यक्ष, सचिव र कोषाध्यक्ष र ३ जना सदस्य प्रत्यक्ष निर्वाचित हुनेछन् । भने ५ जना समानुपातिक सदस्यहरूबाट उपाध्यक्ष १,सहायक सचिव र ३ जना सदस्य चुनिने व्यवस्था छ ।

निर्देशिकामा जिल्लामा निर्वाचन पर्यवेक्षण गर्न नेपाल बार एसोसिएसन, नेपाल पत्रकार महासंघ र राष्ट्रिय मानव अधिकार आयोगका प्रतिनिधि रहेको ३ सदस्यीय समिति गठन हुने उल्लेख छ । निर्धारित मितिमा कुनै कारणवस निर्वाचन स्थगित भएमा निर्वाचन अधिकृतको सिफारिसमा क्याम्पस प्रमुखले निर्वाचन स्थगन गरी १५ दिनभित्र अर्को मिति तोकेर तोकिएको चरणबाट अघि बढाई निर्वाचन गर्नुपर्ने व्यवस्था निर्देशिकामा उल्लेख छ । यसअघि २०७९ सालको निर्देशिकामा स्थगित भएको ३० दिनभित्र निर्वाचन गर्नुपर्ने व्यवस्था थियो ।

निर्वाचनमा कुनै पनि तहको अन्तिम सेमेस्टर वा अन्तिम वर्षको सैद्धान्तिक परीक्षाहरू दिइसकेका विद्यार्थीले मतदान गर्न नपाउने व्यवस्था गरिएको छ । त्यस्तै, स्नातकोत्तर तह प्रथम सेमेस्टर, स्नातक तह प्रथम सेमेस्टर र वार्षिक प्रणालीअनुसार पहिलो वर्षमा विद्यार्थी भर्नासम्बन्धी शिक्षाध्यक्ष तथा डीन कार्यालयबाट सूचना जारी गरी तोकिएको मितिसम्म भर्ना भएका विद्यार्थीमात्र र अन्य सेमेस्टरमा अध्ययन गर्ने विद्यार्थीको हकमा मतदाता नामावली प्रकाशित हुने मितिभन्दा ५ दिनअघिसम्म भर्ना भएका विद्यार्थीलाई मतदाता नामावलीमा समावेश गर्ने उल्लेख छ ।

निर्वाचनमा उम्मेदवारको मनोनयनपत्र दाखिल गर्ने दिन २८ वर्ष नपुगेको र मतदाता सूचीमा नाम भएको विद्यार्थीले मात्र उम्मेदवारी दिने पाउने व्यवस्था छ । चैत ५ गते हुने निर्वाचनमा उम्मेदवारी दाखिला फागुन २७ मा भएमा २०५३ फागुन २७ पछि जन्मेका विद्यार्थीले मात्रै प्रत्यक्ष वा समानुपातिक उम्मेदवारका लागि उम्मेदवार हुन योग्य हुने निर्देशिकामा उल्लेख छ ।
निर्देशिकाको दफा ११ मा निर्वाचन आचारसंहिता अनुसार क्याम्पस हाताभित्र प्रभाव पार्नेगरी सरकारी कोषबाट तलब भत्ता लिने कुनै व्यक्ति वा कुनै पनि संस्थाको कार्यक्रम गर्न नपाइने, क्याम्पसको पर्खाल भित्र वा बाहिर र क्याम्पस परिसरमा निर्वाचनसम्बन्धी भित्ते लेखन, तुल फ्लेक्स वा पोस्टर टाँस्न नपाइने, प्रत्येक संघ, संगठन, समूह र स्वतन्त्र उम्मेदवारले आफ्नो घोषणापत्रमा उम्मेदवारको नामावली पर्चा एफोर साइजको एकै रङको मात्र प्रचार प्रसार गर्न पाइने उल्लेख छ ।

निर्वाचन गर्न शिक्षाध्यक्षको संयोजकत्वमा रजिस्टार सहसंयोजक, शिक्षकहरूमध्ये ३ र प्रमुख कानुनी सल्लाहकार सदस्य र विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक सदसयसचिव रहने उल्लेख छ । स्ववियु निर्वाचन समितिका सदस्यसचिव प्रा. पशुपति अधिकारीले निर्देशिका जारी भएसँगै निर्वाचन प्रक्रिया शुरू भएको बताउनुभयो । उहाँले सो निर्देशिका पालना गर्न सबै विद्यार्थी संगठनलाई आग्रह गर्नुभएको छ ।

उहाँले निर्देशिकामा करिब आधा दर्जन उपदफा परिवर्तन भएको जानकारी दिनुभयो । त्रिविले २३ विद्यार्थी संगठनसँग भएको छलफलपछि प्रतिबद्धता जारी गरी निर्देशिका सार्वजनिक गरेको हो । बैठकमा सबै विद्यार्थी संघ, संगठनका अध्यक्षले चैत ५ गते नै स्ववियुको निर्वाचन गर्ने प्रतिबद्धता जनाएका छ । त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयका निर्देशक अधिकारीले सबै दलका विद्यार्थी नेताले तोकेकै समयमा अर्थात चैत ५ गते नै निर्वाचन गर्ने प्रतिबद्धता जनाएको जानकारी दिनुभयो ।

यो वर्ष ‘दुई वर्षअघि स्थगित भएका उपत्यकाका ४ र उपत्यका बाहिरका ८ गरी ६२ वटा आंगिक र झण्डै ७ सय सम्बन्धन प्राप्त क्याम्पसमा एकैसाथ स्ववियु निर्वाचन गर्ने छ । पदाधिकारी समय चैत ४ मा सकिने भएपछि ५ गते निर्वाचन गर्न लागेको हो ।

therimonline

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

सम्बन्धित खबर

तीन सातामा २३ स्थानमा बर्डफ्लु, एक लाख चार हजार कुखुरा नष्ट

देशका विभिन्न २३ स्थानमा पछिल्लो तीन सातामा बर्डफ्लु रोग देखा परेको छ। पशु सेवा विभागका महानिर्देशक डा. उमेश...

वीरगञ्जमा परिवर्तनको संकेत: विदाकै दिन अस्पतालमा खटिए कर्मचारी, सेवाग्राहीले पाए राहत

प्रभात यादव वीरगञ्ज, २१ चैत्र । सरकारी कार्यालयमा हुने ढिलासुस्तीका कारण लामो समयदेखि सेवाग्राहीले समस्या भोग्दै आएका थिए । तर...

मन्त्री मेहताद्वारा दरबन्दीबिनाका डाक्टरको काज फिर्ता, महाशाखा प्रमुखहरुको जिम्मेवारी पुनर्संरचना

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या तथा खानेपानी मन्त्री निशा मेहताले मन्त्रालय र विभागमा दरबन्दीविना काजमा रहेका सहसचिव डाक्टरहरूको...

चीन–पाकिस्तान विदेशमन्त्रीबीच मध्यपूर्व संकटबारे पाँचबुँदे प्रस्ताव

मंगलबार बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यी र पाकिस्तानका विदेशमन्त्री इशाक दारबीच भेटवार्ता भयो। उक्त भेटमा दुवै नेताले मध्यपूर्व क्षेत्रको...
🔔
The Rim Online
ब्रेकिंग न्यूज़ र ताजा समाचारको अलर्ट तुरुन्तै पाउनुहोस्!
📱
Notification पाउन
iPhone/iPad मा समाचार अलर्ट पाउन:
1 Safari मा तलको Share बटन (📤) थिच्नुहोस्
2 "Add to Home Screen" मा थिच्नुहोस्
3 Home Screen बाट खोल्नुहोस् र अनुमति दिनुहोस्